• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रावि क्वाडीमा वृक्षारोपण




दाङ । घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित प्राथामिक विद्यालय क्वाडीमा शनिवार वृक्षारोपण गरिएको छ । विभिन्न काठजन्य र फलफूल जन्य बोटविरुवाको करिव तीनसय बोटबिरुवाका बृक्षारोपन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवता पुनको अध्यक्षता तथा नेचर संस्थाका समन्वयकर्ता चन्द्रबहादुर पुनको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका वडा नं. १७ वडाध्यक्ष रामलौटन चौधरीको विशिष्ट आतिथ्यतामा वृक्षारोपण कार्यक्रमको एक औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमख अतिथि पुनले पर्यावरणको संरक्षणका लागि सामुदायिक सहकार्य आवश्यक रहेको बताउनुुभयो । जलवायु परिर्वनले पर्यावरणसँगै मानव स्वास्थ्यमा ठूलो प्रभाव पार्दै गइरहेकाले पर्यावरण स्वच्छताका लागि वृक्षारोपणको सामूहिक कर्मले विशेष महत्व र योगदान पुु¥याउने बताउनुुभयो । कार्यक्रममा विशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष रामलौटन चौधरीले पर्यावरण संरक्षण आजको आवश्यकताका रहेको बताउनुुभयो ।

नेचर संस्था युुनाईटेड स्टेड अफ अमेरिकावाट तीनसय बोटबिरुवा विद्यालयलाई प्रदान गरेको हो । बोट बिरुवा सहयोग गर्ने संस्थालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्ता पुनले धन्यवाद सहित रोपणका लागि सहयोग गर्ने विद्यालय टोलवासीहरुलाई समेत धन्यवाद ज्ञापन गर्नुुभएको थियो ।

Facebook Comments