• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लायन्स क्लब घोराहीको अध्यक्षमा महरा




घोराही । लायन्स क्लब अफ घोराही सिटीको अध्यक्षमा युवा व्यवसायी ओविन्द्रबहादुर महरा चयन हुनुभएको छ ।

क्लबको बर्ष २०२४/०२५ कालागी अध्यक्षमा महरा चयन हनुभएको हो । क्लबको प्रथम उपाध्यक्षमा सनत गिरी, दृतिय उपाध्यक्षमा पुष्पराज आचार्य, तृतिय उपाध्यक्षमा रविकिरण केसी, सचिवमा जिवन आचार्य र कोषाध्यक्षमा चेतन बस्नेत चयन हुनुभएको छ ।

यस्तै सदस्यता संयोजक भवानी कडेल, सर्भिस संयोजक सुदर्शन गिरी, मार्केटिङ संयोजकमा कमल पुन, एलसीआईएफ संयोजक निराजन गहतराज, निर्देशकमा बसन्त खनाल, स्वास्थ्य संयोजक राजिव योगी, अर्थ संयोजक दिपक सेठी र मिडिया कोर्डिनेटरमा आर.के.शीतल रहनुभएको छ ।

क्लबले शुक्रवार एक कार्यक्रमको आयोजना गरि पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । एक कार्यक्रमकाबीच क्लबको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । क्लबका बर्ष २०२३/०२४ का अध्यक्ष विवेक आचार्यको अध्यक्षता एवं लायन्स क्लब डिष्ट्रिक ३२५ एन का गर्भनर पीएमजिएफ बिनोदकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले लायन्स क्लबले व्यक्तित्व विकाससँगै सामाजिक विकासमा पनि अतुलनिय योगदान गरेको बताएका थिए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष महराले आगामी एक बर्षमा सामाजिक कार्यक्रमहरु क्लबबाट आयोजना गरिने बताउनुभयो । उहाँले वातावरण संरक्षण, लायन सदस्यहरुको क्षमता अभिबृद्धि कार्यक्रम, विभिन्न सामुदायिक विद्यालयका बालबालिकाहरुलाई मनोसामाजिक परामर्श सेवा र सेनेटरी प्याड वितरण, ग्रामीण क्षेत्रहरुमा स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम, अति विपन्न परिवारलाई सहयोग कार्यक्रम, लायन्स क्लब घोराही सिटीले मावि झिङ्नीमा स्थापना गरेको पुस्तकालयलाई थप पुस्तक सहयोग, बाल शान्ति गृह घोराही ७ पर्सामा सहयोग कार्यक्रम, दैवी प्रकोप प्रभावित परिवारलाई राहत वितरण लगायतका कार्यक्रमहरु योजना अनुसार सम्पन्न गरिने जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत तथा निवर्तमान अध्यक्ष पवन योगीले निर्वाचित नव पदाधिकारी तथा मनोनित पदाधिकारीको परिचय सहित पदभार ग्रहण कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमा लायन्स क्लबका फस्ट डिष्ट्रिक भाईस गभर्नर एमजिएफ ज्ञानेन्द्रकुमार श्रेष्ठ, सेकेण्ड फस्ट डिष्ट्रिक भाईस गभर्नर एमजिएफ टिकाराम चपाई, डिष्ट्रिक क्याविनेट सेक्रेटरी एमजिएफ टिकाजंग बिके, प्रेस काउन्सील नेपालका सदस्य सदर अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएम, नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगी, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, त्रिभुवननगर जेसिजका अध्यक्ष रविकिरण केसी, रोटरी क्लब अफ दाङका अध्यक्ष प्रदीप सुवेदी, दाङ महिला जेसिजका अध्यक्ष जुनकुमारी बुढा, लायन्स क्लब अफ नारायणपुरका अध्यक्ष अभियान बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्लबका प्रथम उपाध्यक्ष सनत गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा स्वास्थ्य संयोजक राजिव योगीले राष्ट्रिय झण्डाको अभिवादन गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण दृतिय उपाध्यक्ष पुष्पराज आचार्य र सचिव जिवन आचार्यले गर्नुभएको थियो ।

सामाजिक व्यक्तित्वहरु योगी र चौधरी सम्मानित
नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगी सम्मानित हुनुभएको छ । लायन्स क्लब आफ घोराही सिटीको १४ औ पदस्थापन कार्यक्रमका अवसरमा समाजमा अतुलनिय योगदान पु¥याए बापत केन्द्का संस्थापक अध्यक्ष एवं समाजसेवी योगीलाई सम्मान गरिएको हो ।

घोराही उपमहानगरपालीका वडा नं १७ चौघेरामा जन्म भै विभिन्न सामाजिक सघं संस्था, बैकिङा क्षेत्र बाट कार्य शुरुवात गरी बालबालिका, महिला तथा युवाहरुलाई शिक्षा, स्वास्थ्य तथा आर्थिक रुपमा आत्मनिर्भर बनाउन अतुलनिय कार्य गर्दै आउनु भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थपक अध्यक्ष, सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा विभिन्न वित्तीय संस्थामा कार्यरत रही यस जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक विकास समेतमा कार्य गरी जिल्लाको समग्र विकासको लागी अतुलनिय कार्य गरेको भन्दै क्लबले योगीलाई सम्मान गरेको हो ।

सो अवसरमा ग्रामीण महिला उत्थान केन्द्र घोराहीका अध्यक्ष आसमानी चौधरीलाई पनि सम्मान गरिएको थियो । विभिन्न सामाजिक सघं संस्था, बैकिङ क्षेत्र बाट कार्य शुरुवात गरी बालबालिका, महिला तथा युवाहरुलाई शिक्षा, स्वास्थ्य तथा आर्थिक रुपमा आत्मनिर्भर बनाउन अतुलनिय कार्य गरि आउनु भएका चौधरीलाई सम्मान गरिएको थियो । यस्तै अस्ट्रेलियामा सम्पन्न लायन्स क्लब सम्मेलनमा क्लबको तर्फबाट सहभागी भवानी कडेल र आकृति शर्मालाई पनि सम्मान गरिएको थियो ।

Facebook Comments