घोराही । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिले व्यवसायीहरुकालागी दुर्घटना बिमा गरिदिएको छ । समितिले आफ्नो २८ औँ स्थापना दिवशको अवसरमा समितिमा आवद्ध व्यवसायीहरुको दुर्घटना बिमा गरिदिएको हो ।
बिमा कार्यान्वयनकालागी राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समिति र शिखर ईन्स्योरेन्सबिच सम्झौता भएको छ ।
समितिमा आवद्ध सय बढि एक सय एक जना व्यवसायीहरुको स्वास्थ्य बिमा गरिएको समितिका अध्यक्ष उमेशचन्द्र मज्गैयाले जानकारी दिनुभयो । समितिले सामाजिक उत्तरदायित्व बहन गर्नकालागी व्यवसायीहरुको स्वास्थ्य बिमा गरिदिएको उहाँले बताउनुभयो ।
भविष्यमा आईपर्ने जोखिमबाट बच्नकालागी एवं आर्थिक क्षति न्यूनिकरणकालागी दुर्घटना बिमा गर्न आवश्यक भएको र सोही अवधारणामा ट्रक समितले दुर्घटना बिमा गरिएको शिखर ईन्स्योरेन्स लुम्बिनी प्रदेशका क्षेत्रिय नायव प्रबन्धक रविकिरण के.सीले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।