• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमी लमहीको प्रधानाध्यापकमा खनाल नियुक्त




लमही । दाङको लमहीमा शैक्षिक सत्र २०८१ बाट संचालनमा आएकोे गुरुकुल एकेडेमी लमहीको प्रधानाध्यापकमा सुरज खनाल नियुक्त हुनुभएको छ ।

बुधबार बसेको विद्यालय संचालक समितिको बैठकले लामो समय शिक्षा क्षेत्रको अनुभव बटुलेका खनाललाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त प्रधानाध्यापक खनालले यहि श्रावण २ गतेबाट जिम्मेवारी समाल्नुभएको हो ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानाध्यापक खनालले गुरुकुल एउटा उत्कृष्ट विद्यालय भएको र सम्पूर्ण यस विद्यालयका अभिभावकहरुका बालबालिकाहरु यहि उत्कृष्ट विद्यालयमा अध्ययणरत भएको हुँदा सम्पुर्ण विद्यार्थिहरुको उज्वल भविष्यका लागि विद्यालयले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी आफुले पुरा गर्ने बताउदै अभिभावकहरुलाई ढुक्क हुन आग्रह समेत गर्नुभयो ।

साथै विद्यालयलाई सफल बनाउनको लागि सम्पुर्ण अभिभावक , कर्मचारी , विद्यार्थी र संचालक समितिको पुर्ण सहयोगको आवश्यक रहने भएकाले सम्पुर्णमा सहयोग गर्न समेत अपिल गर्नुभएको छ ।

पछिल्लो समय बढ्दै गएको नयाँ-नयाँ प्रविधिहरु प्रयोग गरी विद्यार्थिहरुलाई अध्यापन गराउने समेत उहाँले बताउनुभयो ।

यसैगरी नवनियुक्त प्रधानाध्यापकलाई स्वागत गर्दै विद्यालय संचालक समितिका अध्यक्ष ई. अनन्तराज घिमिरेले जिल्लामा गुणस्तरीय शिक्षासँगै अब्बल शैक्षिक संस्थाका रुपमा गुरुकुल एकेडेमी लमहिलाई कायम राख्न नवनियुक्त प्रधानाध्यापकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

गुरुकुल एकेडेमी घोराहीमा स्थापना भएको ९ बर्षको अवधिमा महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको भन्दै उहाँले ति उपलब्धिहरुलाई संस्थागत गर्दै लक्ष्य प्राप्तिका लागि खनालले नेतृत्वदायी भूमिका खेल्नेमा विश्वास गर्नुभयो ।दाङको घोराहीमा जन्मिनुभएका खनालले घोराहीकै महेन्द्र बहुमुखि क्याम्पसबाट ब्याचलर गर्नुभएको थियो ।

यसैगरी त्रिभुवण युनिभर्सिटीबाट मास्टर गरेका खनालले एमफिल पोखरा युनिभर्सिटीबाट गर्नुभएको हो । बिगत ९ बर्ष काठ्मान्डौ पद्य्मकन्या क्याम्पसमा अध्यापन गरी अनुभव बटुलेका खनाल गुरुकुल एकेडेमी लमहीमा २०८० सालबाट सहायक प्रधानाध्यापकमा नियुक्त हुनुभएको थियो । यसैगरी विद्यालय संयोजकमा एलिसा शर्मा नियुक्त हुुभएको छ ।

Facebook Comments