हेमराज शर्मा
दाङ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा १ अर्ब बढीको आर्थिक कारोबार गरेको छ । आर्थिक वर्ष सकिएको भोलिपल्ट साउन १ गते मंगलबार संस्थाले सार्वजनिक गरेको प्रारम्भिक वार्षिक प्रगति प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा संस्थाले १ अर्ब ३२ करोड ३६ लाख १२ हजार २ सय ८४ रूपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा चरम आर्थिक मन्दी हुँदाहुँदै पनि संस्थाले सबै सूचकहरूमा सकारात्मक प्रगति गरेको छ ।
कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा ५१ लाख बढी रूपैयाँ मुनाफा आर्जन गरेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो ।
संस्थाले बचत संकलनमा समेत अघिल्लो आर्थिक वर्ष भन्दा १५ प्रतिशतले वृद्धि गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७९/०८० भन्दा गत आर्थिक बर्षमा १ करोड ८३ लाख ६४ हजार १ सय ८९ रूपैयाँ बढी बचत संकलन गरी १४ करोड २ लाख ५६ हजार ९ सय ७१ रूपैयाँ बचत संकलन गरेको हो ।
संस्थाले गत आर्थिक वर्षमा १० करोड बढी रूपैयाँ ऋण लगानी गरेको छ ।
कलश सहकारीले पछिल्लो एक वर्षमा १३ प्रतिशतले वासलातमा समेत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा १५ करोड १४ लाख २२ हजार ४ सय १४ रूपैयाँ वासलात रहेकोमा गत आर्थिक वर्षमा त्यो बढेर १७ करोड १४ लाख ३६ हजार ८ सय १५ रूपैयाँ पुगेको कोषाध्यक्ष नवराज भण्डारीले जनाउनुभएको छ ।
घोराही उप–महानगरपालिका वडा नं. १३ देखि १८ सम्म कार्यक्षेत्र रहेको कलश बचत तथा ऋण सहकारी संस्थामा गत आर्थिक वर्षमा १४ प्रतिशत बढी शेयर सदस्य वृद्धि भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा १ हजार १३ जना शेयर सदस्य रहेकोमा गत आर्थिक वर्षमा १ हजार १ सय ५७ जना शेयर सदस्य पुगेको संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले जनाउनुभएको छ ।
अधिकांश युवाहरूको सक्रियतामा संचालन भइरहेको संस्थाले आफ्ना शेयर सदस्यहरूलाई युवा स्वरोजगार कोषको सहुलिएत ऋण, व्यवसाय गर्न चाहने सदस्यहरूलाई सहुलियत दरमा ऋण उपलव्ध गराउँदै आएको छ । साथै विभिन्न दैविप्रकोपहरूबाट पिडित सदस्यहरूलाई राहत प्रदान,विभिन्न सामुदायिक विद्यालय तथा संस्कृत पाठ्शालामा अक्षयकोष स्थापना,सदस्यहरूलाई दिर्घरोगहरूको उपचार गर्नका लागि बिना ब्याज ऋण प्रदान, विकास बैंकहरूले प्रदान गर्ने सुविधा सरहको किस्तावन्दीमा ऋण उपलव्ध गराई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि युवाहरूलाई तालिम तथा गोष्ठिका माध्यमबाट शशक्तिकरण गर्ने गरेको छ ।
संस्थामा आवद्ध रहेका शेयर सदस्यहरूको छोराछोरीहरूलाई समेत बचत गर्न अभ्यस्त बनाउने उद्धेश्यले दोब्बर भुक्तानी बाल बचत योजना मार्फत ३ सय ७६ जना बालबालिकाहरूले नियमित रूपमा मासिक बचत गर्दै आइरहेका संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले जानकारी दिनुभयो । संस्थामा पेन्सन बचत,उपदान बचत,स्मार्ट दिगो बचत,दोब्बर भुक्तानी बाल बचत,अनिवार्य मासिक बचत लगाएतका विशेष बचत कार्यक्रमहरू रहेका छन् । साथै संस्थाले आफ्ना सदस्यहरूलाई बचत तथा ऋण कारोबारको आधारमा प्राप्त हुने संरक्षित पुँजी फिर्ता कोषको रकम वार्षिक साधारणसभाका अवसरमा नगदै वितरण गर्दै आइरहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।