• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ




तुल बहादुर कवँर मगर 

भालुबाङ । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ काे तेस्रो चाैमासिक तथा वार्षिक अवधिकाे सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ।

गाउँपालिकाकाे वडा नं.६ पत्थरगढवामा साे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हाे।

राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही, सेवा प्रवाह, योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धीत सेवा प्रदायक र सेवाग्राहीहरु बिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयोजना गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

साे अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले तेस्रो चाैमासिक तथा वार्षिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगति प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ,विद्युत,सुशासन लगायत गाउँपालिका र मातहतका कार्यालय बाट प्रवाह गरिने सेवाका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।

सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, पालिकाका प्रवक्ता तथा वडा नम्वर २ का अध्यक्ष पहलवान चाैधरी,६ का अध्यक्ष दिपक कुमार चाैैधरी,७ का अध्यक्ष सीताराम चाैधरी र विभिन्न शाखाका शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो ।

साे कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समृद्धि, विकास र नागरिकहरुको सेवामा आफूहरू निरन्तर लागि रहेको बताउनुभयो ।

‘काम गर्दा ढिलो चाँडो हुन्छ नै तर राप्तीवासीको सेवामा हामी निरन्तर लागेका छौं’– अध्यक्ष विष्टले भन्नुभयाे– ‘राप्तीवासीको रचनात्मक सल्लाह, सुझाव र खबरदारी पनि निरन्तर भइरहोस् ।’

उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख ,विभिन्न संघसंस्थाका प्रमुख, शिक्षक,विद्यार्थी, टोल विकास संस्थाका अध्यक्ष,उपभोक्ता समितिका पदाधिकारी,संचारकर्मी लगायत स्थानीयबासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार लिला शाहले गर्नु भएकोे थियो।

स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाले प्रत्येक चौमासिक रूपमा गर्दै आइरहेको छ।

Facebook Comments