कमल खड्का
होलेरी । रोल्पाको सुर्पालमा समेत शनिबारदेखि हाटबजार संचालनमा आएको छ ।
गत वर्षबाट रोल्पाको होलेरीमा सञ्चालनमा ल्याइएको हाटबजार सफल भएपछि यस वर्ष सुर्पालमापनि सुरु गरिएको छ ।
शनिबारबाट सुरु भएको हाटबजार प्रत्येक हप्ताको बुधबार र शनिबार दुई दिन लाग्ने भएको छ । रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनद्वारा कृषि उपजको तौल गरी हाटबजारको उद्घाटन गरिएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।