• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
त्रिशुली नदीमा दुईवटा बस बेपत्ता




चितवन । अविरल वर्षाका पहिरोमा परी त्रिशुली नदीमा परेर दुईवटा बस वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका-२९ मा रहेको सिमलतालमा  सडक माथिबाट आएको पहिरोले बगाउँदा दुई वटा बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ।

एउटा काठमाडौंबाट वीरगञ्ज चल्ने र अर्को काठमाडौंदेखि गौर चल्ने बस खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। काठमाडौंबाट गौर जान हिँडेको गणपति डिलक्समा ३० जना यात्रु रहेको बताइएको छ।

तीन जना सकुशल भेटिएको चितवन प्रहरी प्रवक्ता डिएसपी  भेशराज रिजालले बताए। उनका अनुसार पानी परेकोले उद्धारमा कठिनाइ भएको छ। अहिले मुग्लिन नारायणघाट सडकमा सवारी आवागमन रोकिएको छ। भरतपुरबाट करिब २० किलोमिटरको दुरीमा पर्छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , प्रहरी प्रमुख भावेश रिमाल घटनास्थल पुगेका छन्। ‘ हामी घटनास्थल जाँदैछौ। पानी परेकोले उद्धारमा कठिनाइ भएको कुरा आएको छ , ’ प्रजिअ यादवले बताए।

 

Facebook Comments