• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विश्व पर्यावरणीय वातावरणको संरक्षण र रक्षाका लागि वृक्षारोपण




घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल र अखिल (समाजवादी) दाङले संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । पार्टी दाङको आयोजनामा युवा र विद्यार्थी संगठनले संयुक्त रुपमा  विभिन्न फलफूल तथा जडिबुटीजन्य ४  सय बिरुवा रोपेका हुन् ।

पार्टीले घोराही – १६ गुरुवागाउँमा सञ्चालन गरेको सी बहुउद्देश्यीय कृषि तथ पशुपंक्षी फर्मको ६ विघा जमिनमा फलफूल र जडिबुटीजन्य  चार सय बिरुवा रोपिएको युवा संगठन नेपाल दाङ जिल्ला इञ्चार्ज पदम सीले बताए ।  जिल्ला पार्टीको  योजनामा युवा र विद्यार्थीको संयुक्त संगठनले मंगलबारदेखि सुरु गरेको वृक्षारोपण कार्यक्रम बिहीबार सकिएको उनले जानकारी दिए ।

संगठनका इञ्चार्ज पदम सीका अनुसार तीन दिनसम्म चलेको वृक्षारोपण कार्यक्रमा आँपका १ सय बिरुवा, लिचीका १ सय बिरुवा, अमला ५०,  शितल चिनी ५०, सुगन्ध कोकिला ५० र धूपी सल्ला ५० गरी चार बिरुवा रोपिएको छ ।  बिरुवा रोप्नुको मुख्य उद्देश्य विश्व पर्यावरणीय वातावरणको संरक्षण र रक्षा गर्दै सिंगो मानव जातिलाई स्वस्थ बनाउदै रक्षा गर्नु रहेको समेत उनको भनाइ छ ।

वृक्षारोपण कार्यक्रममा युवा र विद्यार्थी संगठनका इञ्चार्ज, अध्यक्ष लगायतको उपस्थिति  रहेको जनाइएको छ ।

Facebook Comments