• २२ भाद्र २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
“वैज्ञानिक खोज र उन्नत चेतनाको संगालो ‘एन्टिथेसिस ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म ‘।”




जनक सी

काठमाडौं । जब, प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘एन्टिथेसिस’ ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म मेरो हातमा पर्यो र पुस्तक पढ्न सुरु गरे । मेरो ध्यान पुस्तकबाट बाहिर निस्कनै सकेन्।  ज्ञान,उर्जा र उत्साहको श्रीङ्खलाबद्ध प्रस्तुतिले मेरो ध्यान यसरी बाध्यो कि, पुस्तक अध्ययन गरेर नसकिँदासम्म पुस्तकबाट बाहिर निस्कनै सकेन्। जसरी अहिलेको युवा पुस्तालाई सामाजिक संजालको अप्रशोधित सतही ज्ञानले भुत्ते बनाएको छ । त्यसलाई तिखार्न यो पुस्तकले निकै ठूलो भूमिका खेल्ने छ।

कुनैपनि विषय घटनालाई गहिरिएर अध्ययन मनन नगर्ने। सामाजिक संजालको अप्रशोधित सामाग्रीहरुबाट प्रभावित हुने र सतहिधारणा बनाउने । अहिलेको पुस्ताको मनोसामाजिक रोग नै बनेको छ। परिवर्तनको नियमलाई बुझन नखोज्दा, बास्तविक र सतहि ज्ञान के हो । छुट्याउन नसक्दा, हाम्रा बुझाइहरुले तथ्य,प्रमाण र गतिशीलतालाई पक्रन नसक्दा, कहि न कहि समाजको गतिशीलतालाई अबरोध गरिरहेको छ।

हाम्रा बुझाइहरु लाई बस्तुसंगत, तर्कसंगत र विज्ञानसंगत बनाउन नसक्दा, भिडको पछाडि दौडने, हल्लाको पछि दौडने, सामाजिक संजालको पछि दौडने। त्यसकै आधारमा आफ्नो धारणा तयारपार्ने मनोसामाजिक रोगजस्तै बनेको छ।  यो रोगलाई निको पार्ने एन्टिबायोटिक हो , पुस्तक एन्टिथेसिस। कमजोर भुत्तेको अहिलेको पुस्ताको दिमागलाई उपचार गर्ने एन्टिबायोटिकको रुपमा एन्टिथेसिस ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुस्तक खोज अनुसन्धान र निकै मेहनतकासाथ तयार पार्नु भएकोमा यो पाठक आभार ब्यक्त गर्न चाहन्छु ।

कुनै पुस्तक पढिसकेपछि समीक्षकले समीक्षा वा टिप्पणी तयार पार्छ तर यो मेरो समीक्षा र टिप्पणी दुबै होइन् । एउटा पाठकको हैसियतले पुस्तक पढ्दै गर्दाको अनूभुति अक्षरमार्फत ब्यक्त गर्न खोजिरहेको छु। यसको उद्देश्य अहिलेको युवा पुस्तामा बैचारिक खडेरी देखापरेको छ। त्यसलाई मध्यनजर गरेर ज्ञान, उर्जा, उत्साह र बैज्ञानिक चेतनासहित नयाँ भिजन देखाउन खोज्नुभएको छ। यो महान कार्यमा मेरो अनूभुतिले दुई जना ब्यक्तिलाई पुस्तक पढन प्रेरित गर्न सकेभने पनि उहाँको उद्देश्यलाई सहयोग पुग्ने छ, भन्ने आशा लिएको छु।

कुनै पुस्तक अध्ययन गर्दैगर्दा पुस्तकको शीर्षक अनुसारको धारणा बनिरहेको हुन्छ । त्यही धारणा अनुसारको अपेक्षापनि गरिएको हुन्छ। आफूले बनाएको धारणा र अपेक्षा अनुसारको विषयबस्तु नपाँउदा कयौँ पुस्तकहरु अध्ययन गर्दागर्दै थन्क्याइएको छ। कतिपए पुस्तक यस्ता हुँदा रहेछन् , आफूले बनाएको धारणा र अपेक्षानुसारको विषयबस्तु पाँउदा पुस्त प्रति नै लगाव लाग्दो रहेछ। पुस्तकप्रति मात्र नभएर लेखकप्रति नै धारणा र लगाव बन्दो रहेछ। एउटा लेखकले जसरी पाठको दिल छुनुपर्ने हो, मेरो दिल छोएको छ। मेरो हकमा पाठको ध्यानलाई कन्ट्रोलमा राखेर आफूले बुझाउन खोजेको कुरा सजिलै बुझाउन सक्ने हैसियत यो पुस्तकमा छ।

वैज्ञानिक चेतना भनेको के हो ? वैज्ञानिक चेतना निर्माण कसरी गर्ने ? धर्म भनेको के हो? धर्मले समाजको गति र उन्नतिलाई कसरी अबरोध गरेको छ? परिवर्तनलाई कसरी बुझने ? परिबर्तनकारी आन्दोलनका योद्धाहरुलाई कसरी बुझने ? हाम्रो मस्तिष्कको क्षमता कति छ ? त्यसको प्रयोग र उपयोग कसरी गर्ने? मानवसमाज ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म कसरी आइपुग्यो ? युद्धलाई कसरी बुझने ? विश्वमा कति युद्धहरु भए ? हाम्रो समाज किन पछाडि पर्यो ? हाम्रो समाजको उन्नति र गतिलाई केले, क-कसले अबरोध गरेको छ? अबको बाटो के ? यी यस्ता कयौँ प्रश्नहरुको जवाफ बैज्ञानिक तथ्यको आधारमा जवाफ दिएको छ।

खोजमूलक, ज्ञानबर्द्धक र बैज्ञानिक बिचारमा आधारित यो पुस्तक अहिलेको पुस्ताले पढनैपर्ने बिषयबस्तु समाबेश गरिएको छ। पुस्तक बिमोचन कार्यक्रममा टिप्पणी गर्दै  त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक सुधा त्रिपाठीले यस पुस्तकले आधुनिक युगको परिकल्पना गरेकाले स्कूल र कलेजका विद्यार्थीहरुको हातहातमा पुर्याउन सुझाव दिनुभएको छ । साँचिकै यस पुस्तकले ज्ञान, चेतना र बिचार मात्र प्रदान गरेको छैन् । उर्जा ,उत्साह, सम्भावना र उत्प्रेरणा समेत प्रदान गरेको छ।

मान्छे जब ओडारबाट निस्केर  समूहमा बस्न थाल्यो, पशुपालन,खेतिपाती गर्न सुरु गर्यो । मान्छेका लागि प्राकृतिक बिपदहरु ,बिभिन्न समस्याहरू रहस्यमयी बन्न पुग्यो। तत्कालीन समयमा प्रकृतिमा देखापरेका लाखौं कुरा किन-कसरी छन्, भन्ने प्रश्नको जवाफ खोज्ने क्रममा कुनै उत्तर पाउन नसकेपछि मान्छेले करिब १० हजार बर्ष पहिले अदृश्य शक्तिको रुपमा ईश्वरको कल्पना गर्न पुग्यो। ईश्वरको कल्पना गरेको करिब २ हजार बर्षपछि ईश्वरलाई केन्द्रमा राखेर धर्मको रचना गरेको देखिन्छ।

धर्मको रचना प्रचात सबैकुराको धर्मशास्त्रले हावादारी जवाफ दिन थाल्यो।  धर्मशास्त्रले दिएको उत्तर नै सत्य ठानेपछि मान्छे प्रश्नविहिनमात्र भएन ,उल्टै पूजापाठ र प्रथनामै रुमलियो। धर्मशास्त्रले ब्रह्माण्डमा मान्छेजन्मेर नमरुन्जेल मात्र होइन परेपछिकालागी पनि विधिविधान तर्जुमा तयार गरिदियो।  अतह धर्मशास्त्रलाई सत्य ठान्दा मान्छेको क्षमता र सम्भावनाको बन्ध्याकरण हुनपुग्यो। अफ्रिकाबाट अगाडि बडेको मान्छे मध्य युरोप तर्फ लागेको शाखाले दर्शन, विज्ञान, गणित र प्रजातन्त्रको  विकास गरेको पाईन्छ भने एसियातिर आएको शाखाले धर्मको रचना र विकास गरेको पाइन्छ।

प्लेटो जस्ता दार्शनिकको जन्म ग्रीकमा भएकाले ज्ञान, विज्ञान र दर्शनको विकास युरोपमा भएको पुष्टि हुन्छ। जिसस क्राइस्ट, मोहमद, वेद आदिको जन्म एसियामा हुँदा धर्मको रचना र बिस्तार यस क्षेत्रमा भएको प्रमाणित हुन्छ। पुर्वीय दर्शनले शिक्षित हुन बौद्धिक हुनुपर्छ भनेर सिकाएन, सरस्वतीको पूजा गर्नुपर्छ भनेर सिकायो। सम्पन्न हुन उत्पादन गर्नुपर्छ भनेर सिकाएन,लक्ष्मीको पूजा गर्नुपर्छ भनेर सिकायो। देश विकास गर्न वैज्ञानिक खोज-अनुसन्धान, प्रयोग, सामाजिक न्याय, एकता र शान्ति चाहिन्छ भनेर सिकाएन। राजकाज चलाउन विभेदहुनुपर्छ भनेर असमानताको नियम सिकायो। हाम्रो समाज धर्मको नाममा रुढीवाद र असमानता मै अल्झियो। विज्ञान पक्रन सकेन ।

विज्ञान पक्रिने भनेको क्यामेस्ट्रि,फिजिक्स, बायोलोजी वा म्याथम्याटिक्सका सिद्धान्तहरु सर्लक्कैपक्रिने भनेको होइन। तथ्य, प्रमाण र गतिशीलता पक्रिने भनेको हो। विज्ञानलाई पकडेकै कारण युरोप अमेरिका अहिलेको अबस्थामा पुगेका हुन् । धर्म जपेर होइन्, निर्जीव मुर्ति पुजेर पनि होइन्,नत नवाज पढेर हो, नत प्राथना ररेर नै। ईश्वर र धर्म खोज्न हिँड्नुभयो भने तपाई कि त राजा महाराजाको दरबार मा पुग्नुहुन्छ। कि त तिनीहरुले बनायका कथित मुर्तिमा। आज समाजलाई नयाँ ठाउमा पुर्याउनु छ भने प्रतेक ब्यक्ति आ-आफ्नो ठाउँबाट प्रयत्न गरौं।

हामीले खोज अनुसन्धान गर्यौं भने दुनियाँ हाम्रो सामुन्य छ । असम्भव केहि छैन्। यदि वैज्ञानिक ग्यालिलियो औषधी व्यवसाय गरेर बसेको भए, बुवाले भनेको मानेर डार्बिन डाक्टर वा पादरी भएर चुपचाप काममा लागेको भए, मान्छेले यतिचाँडै यस्तो भब्य जीवन पाउँथ्यो ? नेल्सन लमन्डेलाले कानुन व्यवसाय मात्र गरेर बसेका भए यतिचाँडै अफ्रिकामा काला जातिको मुक्ति सम्भव थियो ?

चन्द्र शमशेरले आदेश नदिएको भए विसं. १९७१ मै सतिप्रथाको अन्य हुन्थ्यो ? विपी कोइराला र पुष्पलालले खेतिपातीमात्र गरेर बसेको भए २००७ सालमै नेपालमा प्रजातन्त्र आउथ्यो ? प्रचन्डले मास्टरी र बाबुरामले भवनको डिजाइनमात्र  गरेर बसेको भए २०६५ मा नेपालमा गनतन्त्र आउथ्यो ? अतह आज दुनियाँमा असाधारण मान्छेको पहिचान बनाएका हरेक मान्छे हिजो असाधारण नै थिए। भोलि असाधारण बन्ने अर्को मान्छे पनि आज साधारण मान्छे कै हुलमा छ। यी तमाम विषयलाई तथ्य, तर्क र प्रमाणको  आधारसहित बुझाउन खोजिएको छ।

लेखककै भाषामा यो पुस्तक जति-जति अध्यन गर्दै गए उताउति मेरो मस्तिष्कमा आगो दन्किँदै गयो। ब्रह्माण्ड र ब्रह्माण्डका सबैकुराको उत्पति र विकास प्रकृतिक छनोजको नियमको आधारमा भएको तथ्य मान्छेको आँखा अगाडि जब १८५९ मै चार्स डार्बिनले तेर्स्याईदिए, तर हामी अहिले २०२४ मा पनी मान्छेको श्रृष्टि परमेश्वर ले गरनुभएको हो । पृथ्वीको रचना बर्माले गर्नुभयो, भन्ने विषय रटिरहेका छौं। मान्छे मङ्गल ग्रहको यात्रा तयगरिसक्यो। चन्द्रमामा बस्तिबसाउने योजना बनिसक्यो। हामी सुकुम्वासी बस्तीको समस्यामा समाधान गर्न नसकेर अल्झिरहेका छौँ।

अहिलेको पुस्ताले पढनै पर्ने महत्वपूर्ण पुस्तक बजारमा आएको छ। धर्म, राजनीति र समाज विकासको अन्तरसम्बन्धलाई मसिनो र सरल ढङ्गले प्रस्तुत गरिएको छ। एकपटक सोचें प्रत्येक च्याप्टरको विषयबस्तुलाई समेटु तर यस पुस्तकको हरेक विषयबस्तु हरेक प्रसङ्ग निकै महत्वपूर्ण रहेकाले एकपटक यो पुस्तक पढ्न अनुरोध गर्दै म त्यतातिर गएन।  हरेक विषय बस्तुहरु तथ्य, प्रमाण, तर्कका आधारमा प्रस्तुत गरिएका छन् ।  हरेक विषय बस्तुहरु ज्ञान, विज्ञान, खोज, विचार र उत्साहले भरिएका छन्। यो एक खोज, अनुसन्धान मात्र होइन् मोटिभेशनल पुस्तक हो । अझ एसलाई भनौं “वैज्ञानिक खोज र उन्नत चेतनाको संगालो ‘ एन्टिथेसिस ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म ‘।”

Facebook Comments