• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सेवा इन्टरनेशनल प्रालिले मनायो ९ औं वार्षिकोत्सब




घोराही । दाङको घोराहीमा रहेको सेवा इन्टरनेशनल एजुकेशन प्रालिले आफ्नो ९ औं वार्षिकोत्सब मनाएको  छ । प्रालिले आज मंगलबार घोराहीको तुलसीपुर चोकमा आफ्नै कार्यालयमा एक कार्यक्रम गरी  वार्षिकोत्सब मनाएको हो ।

सेवा इन्टरनेशनल एजुकेशन प्रालिका म्यानेजिङ डाइरेक्टर मनोज केसीको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सविन सीले शुभकामना मन्तव्य दिँदै श्रम र संघर्षबिना कुनैपनि गन्तव्यमा पुग्न नसकिने बताए । उनले   श्रम र संघर्षले नै सफल गन्तव्यमा पुर्याउने हुँदा हरेक युवा , विद्यार्थीहरु मेहनतकासाथ श्रम, संघर्ष र उत्पादनमा जोडिनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमको उद्घाटन गर्दै  पार्टीका  केन्द्रीय सदस्य सविन सीले  देशको नीति ठिक नभएर युवा पुस्ताहरु पलायनताको बाटो रोज्न बाध्य भएको बताए । उनले देशको नीति ठिक नहुँदा पलायन हुने बाध्यता र देशमा केही हुँदैन् भन्ने नयाँ भाष्य निर्माण भएकोले युवा, विद्यार्थीहरु देश छोड्ने अवस्था सिर्जना भएको कुरा स्पष्ट पारे । नेपालका अधिकांश पार्टीका नेताहरूमा देशप्रति स्वाभिमान नहुनु, बाहिरी शक्तिको आडमा शासन गर्न खोज्नु, देशको प्राकृति स्रोतसाधन दोहन गर्नु र युवाहरुको रेमिट्यान्सले देशको अर्थतन्त्र चलाउन खोज्नुले विदेश पलायनता बढेको नेता सविनको भनाइ छ ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि घोराही -१४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगीले शुभकामना मन्तव्य दिँदै देशमा बेरोजगारीको समस्या बढेसँगै पछिल्लो समय सक्षम र सचेत नागरिकहरु विदेशीनु पर्ने अवस्था सिर्जना भएको बताए । उनले नेपालको शिक्षा प्रणाली राम्रो नहुँदा  दक्षजनशक्ति पढाइ र रोजगारीको लागि विदेश पलायन हुने  संख्या गुणात्मक ढंगले बढेको भन्दै  आफू सफल व्यक्ति बन्नका लागि लक्ष्य र सपना एउटै  हुनुपर्ने कुरामा जोड दिए ।

जीवनमा एउटै उद्देश्य लिएर  इमानदारिताकासाथ अगाडि बढ्न सकियो भनेमात्र हरेक क्षेत्रमा सफलता प्राप्त गर्ने सकिने र त्यसका लागि मेहनत र संघर्ष गर्नुपर्ने निवर्तमान वडा अध्यक्ष डाँगीको भनाइ छ ।

त्यसैगरी सेवा इन्टरनेशनल एजुकेशन प्रालिका म्यानेजिङ डाइरेक्टर मनोज केसीले सन् २०१५ मा संस्था स्थापना भएको बताए । उनले स्थापना कालदेखि नै विद्यार्थीहरु गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको हुँदा संस्थाप्रति विद्यार्थीहरुको आकर्षण बढ्दो रुपमा रहेको जानकारी दिए । बिगत एक वर्षदेखि जापनीज, आयल्स, पिटीए भाषाका कक्षाहरु नि:शुल्क गर्दै आइरहेको संस्थाले  वार्षिकोत्सबको अवसर पारेर आजदेखि एक महिनाभित्रसम्म भर्ना हुने विद्यार्थीहरुलाई नि:शुल्क भर्ना गरिने एमडी केसीको भनाइ छ ।

विद्यार्थी निसा रामपालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा पत्रकार गोबिन्द खड्का, शिक्षक रोशन वली
अखिल (समाजवादी) का केन्द्रीय सदस्य खुम रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि विद्यार्थीहरुले विभिन्न सामूहिक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी, शिक्षक, अन्य संस्थाका प्रमुख / प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यार्थी दीपा वली  र  रविन वलीले संयुक्त रुपमा  गरेका थिए ।

Facebook Comments