• २१ कार्तिक २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षा क्षेत्रको विभेद अन्त्य गर्नुपर्छ : नगरप्रमुख खड्का




दाङ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुखटिकाराम खड्काले शिक्षा क्षेत्रमा देखिएको विभेद अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

शिक्षा शाखाले गरेको कक्षा अनुगमनको समिक्षाकार्यक्रममलाई सम्बोधन गर्दै प्रमुख खड्काले शिक्षामा सामूदायिक र संस्थागतकानाममा हुने विभेदले समस्या सिर्जना गरेको बताउनुभयो ।

‘सामुदायिक र संस्थागतकानाममा जसरी शिक्षाको प्रचार गरिएको छ । यसले विभेद निम्त्याउँछ ।’ उहाँले भन्नुभयो‘सबै प्रकारका विद्यालय समान हुन भन्ने सन्देश गाउँगाउँमा पु¥याउनुपर्छ ।’ सामुदायिक विद्यालयले दिने शिक्षा संस्थागत भन्दाकमजोर नहुने भन्दै त्यसकालागि शिक्षकले इमान्दारीता देखाउनुपर्ने बताउनुभयो ।

शिक्षकलेजागिरे मानसकिता त्यागेर इमान्दारीतापूर्वक पढाएमा संस्थागत विद्यालय भन्दाराम्रो नतिजा दिनसक्ने बताउनुभयो । उहाँले विद्यार्थीमा पठन संस्कृतीको विकासगराउनुमा शिक्षकको दायित्व प्रमुख भएको भन्दै आधुनिक शैलीमा पठनपाठन गर्नशिक्षकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सामजिक विकास समितीका संयोजकमानबहादुर रावतले शिक्षक समाजको तेस्रो आँखा भएको बताउँदै इमान्दारीकासाथआफ्नो दायित्व पुरा गर्न आग्रह गर्नुभयो । शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जिम्मेवारीपुरा गर्न नसक्ने शिक्षकलाई दण्डीत गरिने बताउनुभयो ।

Facebook Comments