कृष्ण अधिकारी
तुलसीपुर । स्टुडेन्ट क्वालिटी सर्कल हिमाल एकाडेमीको आयोजनामा आज खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दाङमा भएको रगतको अभाबलाई पुर्ती गरि बिरामीको ज्यान बचाउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान आयोजना गरिएको सर्कलले बताएको छ। सो अबसरमा ३१ जनाले रक्तदान गरेको विद्यालयले जनाएको छ।
एप्लस रेड्क्रस रक्तसन्चार केन्द्र तुलसीपुर दाङको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा विद्यालयका हेड सर नवीन कुमार पराजुलीले विद्यार्थीहरुमा मानवताको सेवा जागृत हुनु सकारात्मक भएको बताउँदै यस्ता कार्यक्रमहरु निरन्तरता हुनुपर्ने बताउनुभएको थियो।
विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीले बिद्यार्थीको रचनात्मक तथा सिर्जनात्मक काममा विद्यालय सदैब हातेमालो गर्न तयार रहेको बताउँदै विद्यार्थीहरुमा पठन-पाठनको सँगसँगै सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने बताउनु भएको थियो ।
सर्कल अध्यक्ष अञ्जली शाहको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्लसटु कोर्डिनेटर विशेष श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक भिमलाल मरासिनीले गर्नुभएको थियो
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।