• २९ असार २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा बाघको आक्रमणबाट तीनजना घाइते




कृष्ण अधिकारी
दाङ । दाङको तुलसीपुरमा बाघको आक्रमणबाट ३ जना महिला घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निवासी ४५ वर्षीया कमला केसी, सोही ठाँउकी ५२ वर्षीया सिता कुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहँका अनुसार तुलसीपुर–९ मा रहेको नव दुर्गा सामुदायीक वनमा च्याउ खोज्न गएको अवस्थामा आज सोमबार बिहान साढे ६ बजेको समयमा उनीहरुलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट घाइते भएका ३ जनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताउनभयो । आक्रमण गर्ने बाघ भने जंगलतर्फ भागिसकेको प्रहरीले जनाएको छ l

Facebook Comments