• २९ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सातै प्रदेशमा वर्षा, यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना




काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  जसका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर साधारणदेखि पूर्णतया बदली छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ । सबै प्रदेशका धेरै स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस  प्रदेशका एक–दुई  स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

 

Facebook Comments