• २९ असार २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा नदीले बगाउँदा एक महिला बेपत्ता र एक महिलाको मृत्यु




अमर क्षितिज भण्डारी
दाङ। दाङमा नदीले बगाउदा १ महिला बेपत्ता भएकी छन् भने एक महिलाको मृत्यु भएको छ । केहीबेर अघि बबई नदीले बगाउँदा तुलसीपुर १४ की २० वर्षिया सम्भना चौधरी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर १४ मटेरा स्थित आफन्तको घरमा जाने क्रममा बबई नदीले बगाउँदा भएकी सम्झना चौधरी खोजी कार्य भैरहेको छ ।

त्यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका–३ मा खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । स्थानीय गोटिखोला तर्ने क्रममा तुलसीपुर ३ रानागाउँकी ५१ वर्षीय ताराकुमारी गुरुङको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

हिजो बेलुका खेतमा काम गर्दै गर्दा सोैच गर्न खोला किनारमा गएको समयम खोलाले बगाउँदा महिलाको मृत्यु भएको हो । हिजो बिहानै देखी भएको अविरल वर्षाका कारण दाङका खोलामा बाढी आएको छ ।

Facebook Comments