• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कठाहामा दुई हजार सात सय बढी बिरुवा राेपियाे




तुल बहादुर कवँर मगर
भालुबाङ । दाङको राप्ती गाउँपालिका -२ कठाहामा दुई हजार सात सय बढी बिरुवा राेपियाे छ।

कठाहा सार्वजनिक वन उपभोक्त समूहकाे आयोजना तथा राप्ती गाउँपालिकाकाे सहयोगमा राप्ती नदिकाे तटिय क्षेत्रमा रहेको करिब ५ हेक्टर सार्वजनिक जग्गामा मंगलबार उक्त बिरुवा राेपिएकाे गाउँपालिकाका वन प्राविधिक विपिन भुसालले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिकाकाे वन विकास कार्यविधि २०८१ अनुसार साे क्षेत्रमा आँप,लिची,अम्बा,अमला,बेल,निम,बडहर,कटहर,मौवा,चिउरी,लाकुरी,कल्की,जामुन, सित्तलचिनी,गुल्मोहर,निलमर लगायत विभिन्न प्रजातिका २ हजार ७ सय बढी बिरुवाहरु रोपिएको प्राविधिक भुसालले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले वडामा रहेका सार्वजनिक जग्गालाई हरियाली बनाउनुका साथै त्यसबाट लाभ लिने उद्देश्यले बिरुवा रोपिएको बताउनुभयो ।

त्यस्तै अध्यक्ष चाैधरीले वातावरण संरक्षण र दिगो विकासमा सबैको सामूहिक सहभागीता हुनुपर्ने बताउनुभयो ।

सार्वजनिक वन उपभोक्त समूहका अध्यक्ष अशाेक चाैधरीले बिरुवा संरक्षणकाे पाटाे उपभोक्ता समूहको भएको बताउदै वनबाट उपभोक्तहरुकाे जीवनस्तरमा समेत परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

वृक्षारोपण कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेस चाैधरी,राप्ती गाउँपालिका कार्यपालिका सदस्य रण बहादुर पुजाली, सार्वजनिक वन उपभोक्त समूहका अध्यक्ष अशाेक चाैधरी तथा पदाधिकारी लगायत उपभोक्तहरुकाे उल्लेख्य सहभागिता रहेको थियो ।

उक्त क्षेत्रमा रहेको करिब २० हेक्टर जग्गालाई सार्वजनिक वन बनाउने उदेश्यले गत महिना विभिन्न प्रजातिका १ हजार ८ सय बिरुवा राेपी सकिएको छ भने अन्य करिब २० हजार बिरुवा राेप्ने तयारी समेत गरिएको बताइएको छ ।

Facebook Comments