• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ जिल्ला ‘ए’ डिभिजन लिगमा न्यु स्टार च्याम्पियन




घोराही । दाङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ मा न्यु स्टार फुटबल एकेडेमी नारायणपुर च्याम्पियन बनेको छ ।

तुलसीपुर उपमहानगरपालिका–१८ स्थीत बेलझुण्डी रंगशालामा मंगलवार भएको फाइनल खेलमा बडहरा फुटबल क्लव घोराहीलाई ४–२ गोल अन्तरले पराजित गर्दै जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा च्याम्पियन बनेको हो ।
फाइनल खेलमा बडहराले गोल गरेर अग्रता लिएपनि सम्मालिन नसक्दा पराजित हुन पुगेको हो ।  पहिलो हाफमा न्यु स्टारले गोल फर्काउदै १–१ गोलको बराबरी खेलेपनि दोश्रो हाफमा न्यु स्टारले तीन गोल थप्दै बिजयी बनेको हो । दोश्रो हाफमा सुरुदेखि नै दबाफमा परेको बडहराले अन्तिम समयमा १ गोल फर्काए पनि खेलमा ४–२ गोल अन्तरले पराजित हुन पुगेको थियो ।

पानीको झरीसँगै बेलझुण्डी रंगशालामा भएको खेलमा न्यु स्टारको जितमा खेलाडीहरु दिपेश पुन, रामु दहित, नविन मगर र भिमसेन थापाले समान १÷१ गोल गरेका थिए । त्यसैगरी बडहराकातर्फबाट खेलाडीहरु प्रदिप सुनार र रेवन बुढामगरले गरेका थिए । लिगको च्याम्पियन न्यु स्टार फुटबल एकेडेमी बन्दै नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्न सफल भएको छ भने उपबिजेता बडहरा फुटबल क्लवले नगद २५ हजार, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा न्यु स्टारका खेलाडीहरु दिपेश पुन बेष्ट मिडफिल्डर,विकेश चौधरी बेष्ट डिफेन्डर, समर्पन थापा वेष्ट गोलपिकर र बडहरा फुटबल क्लवका बेष्ट प्लेयर प्रदिप सुनार घोषित भएका थिए । दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा भएको असारको ५ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागीता रहेको थियो ।

दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजय धितालको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरण गौतमको प्रमुख आतिथ्यतामा बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।

Facebook Comments