• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खेल प्रतिभाको संरक्षण र विकासका लागि ‘अध्यक्ष कप’




सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा तेश्रो अध्यक्ष कप सुरु भएको छ । सोमबारदेखि सुरु भएको गाउँपालिका अध्यक्ष कप अन्तर्गत भलिवल र व्याडमिन्टन खेल प्रतियोगिता सञ्चालन भइरहेका छन् । अध्यक्ष कपको उद्घाटन गर्दै कर्णाली प्रदेशसभाका सदस्य सुरेश अधिकारीले खेल क्षेत्रको विकासका लागि छत्रेश्वरीसंग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । खेलले व्यक्तिलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त गराउनेमात्र नभई अनुशासित समेत बनाउने भन्दै खेलकुदको महत्वको चर्चा गरे ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्दै परिश्रमि खेलाडीहरु उत्पादन संगै खेलकुदको विकासका लागि गाउँपालिकाले प्राथमिकताको साथ काम गरिरहेको बताए । गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण र विकास तथा पालिकाको पहिचानका लागि समेत खेलकुदका गतिविधि नियमित सञ्चालन हुनुपर्नेमा जोड दिइन् ।

अध्यक्ष कप अन्तर्गत महिलाहरुको एकल नृत्य प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । प्रतियोगिता सोमबार नै सम्पन्न भइसकेको छ भने विजयी प्रतियोगीहरुलाई पुरस्कार र प्रमाणपत्र समेत वितरण गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, १ का वडा अध्यक्ष प्रकाश हमाल, २ का वडाध्यक्ष प्रेम बहादुर नेपाली, ३ का वडाध्यक्ष तिर्थराज दाहाल, ४ का वडाध्यक्ष छविलाल खत्री, ६ का वडाध्यक्ष टिकाराम बुढा, ७ का वडाध्यक्ष टेक बहादुर विष्ट, कार्यपालिकाका सदस्य तथा वडा सदस्यहरु, खेलकुद विकास समितिका पदाधिकारी, विद्यालयका प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो ।

भलिवल खेल प्रतियोगितामा ७ वटा समूह र ब्याडमिन्टन प्रतियोगितामा १५ वटा समूहले प्रतिष्पर्धा गरिरहेका छन् । नृत्य प्रतियोगितामा १० जना प्रतियोगीले भाग लिएका थिए ।

 

Facebook Comments