• २९ असार २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु




रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा एक नाबालकसहित सात जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।

माडी गाउँपालिका वडा नम्बर ४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप  हिजो सोमबार बेलुका परेवा छहरामा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालावाङका जुनमाया खड्का र खडकबहादुर डाँगी, दाबाङकी अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सीकी रामकली पुनको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यस्तै रेऊघा अस्पतालमा उपचारका लागि पुर्‍याइएका माडी गाउँपालिका–३ दाबाङका झुपलाल डाँगी  र एक महिलाको ज्यान गएको हो ।

दुर्घटनामा परी घाइते भएका ८ जनामध्ये गम्भीर दुईजनालाई बुटवल रिफर गरिएको छ ।

जीप सडकबाट करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको थियो ।

 

Facebook Comments