दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सोमबारदेखि नियमितरुपमा छाला तथा यौन रोगको उपचार सेवा सुरु हुने भएको छ । केही समयदेखि विशेषज्ञ चिकित्सकको अभाबमा प्रतिष्ठानले उपचार सेवा दिन सकेको थिएन् ।
प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले लामो समयदेखि सञ्चालनमा आउन नसकेको छाला तथा यौन रोगको उपचार सुरु भएको जानकारी दिनुभयो ।
प्रतिष्ठानको नेतृत्वको लामो समयको प्रयासपछि छाला तथा यौन रोगको उपचार फेरी सुरु भएको हो । त्यस्तै प्रतिष्ठानमा मानसिक रोग विशेषज्ञ डा. सरोज उप्रेतीले सेवा सुरु गरेसंगै सेवा लिने विरामीको संख्या पनि बढ्दै गएको छ । हाल प्रतिष्ठानमा मानसिक रोग भएका बिरामिहरुको उपचारका लागि १० शैयाको उपचार कक्ष समेत रहेको प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले बताउनुभयो ।
प्रतिष्ठानका रजिष्ट्रार लम्सालले प्रतिष्ठानमा नयाँ–नयाँ विशेषज्ञहरु थपिदै जाँदा अस्पतालमा सेवा लिन आउने विरामीहरुको चाप पनि बढ्दै गएको बताउनुभयो । प्रतिष्ठानमा नभएका अन्य विशेषज्ञ सेवाहरु पनि थप्ने प्रकृयामा रहेको पनि यसका लागि पहल जारी रहेको उहाँले बताउनुभयो । प्रतिष्ठानमा आगामी आ.व. २०८१/०८२ मा १० करोड लागतको क्याथ्लाब् मेसिन खरिद गरेर मुटुरोग उपचार शुरू गर्ने योजना रहेको रजिष्ट्रार प्रा.लम्सालले बताउनुभयो । उहाँले भविष्यमा प्रतिष्ठानले न्युरो सम्बन्धी उपचार सेवा स्थापना गर्ने योजना बनाएको समेत् बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।