घोराही । घोराही उपमहानगरपालिका वडा नं १६ सानीअम्बापुर सर्रा स्थित राप्ती इञ्जिनियपरिङ कलेजले शैक्षिक सत्र २०८१ २०८२ को लागि तीन वर्षे डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ र १८ महिने सिभिल, इलेक्टिकल र बेसिक सर्भे (अमिन) इञ्जिनियरिङ कार्यक्रमको लागि आवेदन फाराम वितरण गरेको छ ।
कलेजले एक सुचना जारी गर्दै योग्यता पुगेको विद्यार्थीहरुबाट २०८१ साउन १३ गते आइतबार आवेदन दिन सक्ने कलेजले जनाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सानोठिमी भक्तपुरले एक सुचना प्रकशित गरी सम्बन्धन प्राप्त कलेजहरुलाई प्रवेश परीक्षाको लागि जानकारी गराइसकेको छ ।
कलेजले डिप्लोमा इन कम्प्युटर इञ्जिनियङिको प्रवेश परीक्षा संचालन २०८१ साउन १९ गते शनिबार बिहान ७ः००बजे देखि र प्रि डिप्लोमा तहको प्रवेश परीक्षा २०८१ साउन १९ गते शनिबार बिहान १ः००बजे देखि संचालन हुने कलेजमा हुनेछ ।
देशकै उत्कृष्ट नतिजा ल्याउन सफल लुम्बिनी प्रदेशको नमुना प्राविधिक कलेजको रुपमा विकसित भइरहेको यस कलेजमा पढने विद्यार्थीहरुको भविष्य सुन्दर हुने भएकोले विद्यार्थीहरुको रोजाइमा यो कलेज पर्दछ । अहिले यस कलेजबाट उर्तीण भएका अधिकांश विद्यार्थी रोजगारीमा रहेको कुरा कलेजको शैक्षिक बुलेटिनबाट पनि थाहा पाउन सकिन्छ । भर्खर मात्रै डिप्लोमा इन इञ्जिनियरिङ छैठौ समेष्टरको रिजल्टमा उत्कृष्ट रिजल्ट प्राप्त गर्न सफल भएको कुरा डिप्लोमा कम्प्युटर इञ्जिनियङि की विभागीय प्रमुख ईं सर्मिला दहितले बताइन ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरबाट सम्बन्ध प्राप्त यस कलेजले २०६५ साल देखि डिप्लोमा कम्प्युटर इञ्जिनियरिङ, र २०७१ सालदेखि १८ महिनेसिभिल, इलेक्ट्रिकल र अमिनमा कार्यक्रम संचालन गदै आइ रहेकोछ ।
लुम्बिनी प्रदेशको हरेक सरकारी कार्यालय, गाउँपालिका, नगरपालिका, कलेज विद्यालय लगायत हरेका क्षेत्रमा यस कलेजबाट उत्पादित भएका विद्यार्थी हरु रोजगारीमा रहेकाछन । यस कलेजमा अध्ययन गरेका ९० प्रतिशत विद्यार्थीहरु रोजगारीमा रहेको सुचना अधिकारी करिना खडकाले बताइन ।
कलेज गत वर्षको उत्कृष्ट इञ्जिनियरिङ कलेज अवार्ड २०२२ बाट पुरुस्कृत भएको छ । संयुक्त राज्य अरब इमिरेट्स ९युएई० को दुबईमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको थियो ।
पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी व्याचलर तहका इञ्जिनियरिङ कार्यक्रमहरुमा विई सिभिल, कम्प्युटर र विसिए संचालन गदै आइरहेकोमा शैक्षिक सब २०८१ २०८२ बाथ व्यवस्थापन संकायको बिबिए कार्यक्रम संचालन गर्ने कलेजका प्रिन्सिपल रेशम गिरीले बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।