• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव सम्पन्न




तुल बहादुर कवँर मगर
देउखुरी  । दाङको राप्ती गाउँपालिकामा २१ औं राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव शनिबार सम्पन्न भएको छ।

“जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा बगर कृषि सहकारी संस्थाको आयोजना एवम् राप्ती प्रेस मञ्चको सह-आयोजनामा साे दिवस तथा महोत्सव सम्पन्न भएको हाे।

दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नाहनपुर स्थित करमकाशी चाैधरी,देवीप्रसाद चाैधरी र बसन्त चाैधरीकाे करिब १५ कठ्ठा जग्गामा जनप्रतिनिधि,
कर्मचारी र पत्रकारहरु द्वारा सामुहिक धान राेपाई गरिएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वर्षाती गडरीयाले जानकारी दिनुभयाे।

सो अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि उत्पादन वृद्धि गर्न चक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्ने, गुणस्तरीय प्रविधिको प्रयोग गर्ने,रासायनिक तथा प्रागांरिक मलको सन्तुलित प्रयोग गर्ने तथा उन्नत जातको बालीनालीको प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले किसानहरु सँगै सामुहिक कार्य गर्दा श्रम संस्कृतिकाे विकास हुनुका साथै किसानहरुमा हाैसला प्रदान हुने बताउनुभयो ।

उक्त राष्ट्रिय धान दिवस कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,३ नं.वडा अध्यक्ष उमेश अधिकारी,५ नं. वडा अध्यक्ष देव प्रसाद चाैधरी,७ नं.वडा अध्यक्ष सिताराम चाैधरी अन्य जनप्रतिनिधि, कर्मचारी ,पत्रकार र सहकारी संस्थाका पदाधिकारीहरु गरि करिब ४० जना बढीको सहभागीता रहेको थियो ।

Facebook Comments