• २१ आश्विन २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीको एसइई नतिजा निराशाजनक, ४.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण




घोराही। दाङको बंगलाचुली गाउँपालिकामा यस वर्षको एसइई परीक्षाको नतिजा निराशाजन रहेको छ  । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको २०८० सालको एसइई परीक्षामा बंगलाचुली गाउँपालिकाबाट ४.१९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

बंगलाचुली गाउँपालिका शिक्षा शाखाको प्रमुख ओम केसीको  अनुसार पालिकाबाट यस वर्षको एसइई परीक्षामा कूल ३ सय ३४ परीक्षार्थी सहभागी भएका थिए । ती विद्यार्थीमध्ये १४ जना मात्र उत्तीर्ण भएका छन् ।

परीक्षामा भाग लिएका ६० विद्यार्थी ननग्रेड अर्थात् अनुत्तीर्ण भएका छन् । यो भनेको कूल विद्यार्थीको १७.९६ प्रतिशत हो ।

मावि स्युजाबाट ४७ जना विद्यार्थीमध्ये २ जना, मावि श्रीवारीमा ५८ जना विद्यार्थीमध्ये ४ जना उत्तीर्ण भएका छन् । त्यस्तै मावि झेल्नेटामा ९६ जना विद्यार्थीमध्ये ६ जना, मावि. मुलवारी ५३ जना विद्यार्थीमध्ये २ जना उत्तीर्ण भएका छन भने मावि हासिपुरबाट ३१ जना र मावि जवरकोटमा ४९ जना सहभागी सबै अनुत्तीर्ण रहेको शिक्षा शाखा प्रमुख केसीले जानकारी दिनुभयो ।

Facebook Comments