घोराही। राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा घोराहीमा रहेको भिक्टोरिया ईन्टरनेशन कलेज दाङले नेपाल युवा परिषदसँगको संयुक्त आयोजनामा एक औपचारिक कार्यक्रम तथा वृक्षारोपण गरेर दिवस मनाएको छ ।
कलेजका प्रोग्राम डाईरेक्टर केवी चौधरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रम गरेर वृक्षारोपणको सुरुवात गरिएको थियो । कलेज प्राङ्गणमा दुई वटा विरुवा मात्र रोपिएको थियो भने कलेजमा अध्ययनरत विद्यार्थिहरुलाई उनिहरुका ईच्या अनुसारका बिरुवाहरु घरमा लगेर रोप्नका लागि वितरण गरिएको थियो । विद्यार्थिहरुले विरुवा घरमा लगेर रोप्ने मात्रै नभएर त्यसको संरक्षणमा पनि ध्यान दिने बताएका थिए । भिक्टोरिया ईन्टरनेशन कलेजबाट सुरु भएको बृक्षारोपणको कार्यक्रम साताव्यापी रुपमा चल्ने जानकारी दिनुभएको थियो ।
वातावरण संरक्षण एवं सुन्दर, स्वच्छ र हरियाली वातावरण निर्माण गर्न सहयोग पु¥याउने उद्धेश्यका साथ कार्यक्रमको सुरुवात गरिएको नेपाल युवा परिषद लुम्बिनी प्रदेशका सहसंयोजक शवी थारुले बताउनुभएको थियो । अभियानको पहिलो दिन शुक्रबार दुई जना युवाहरूबाट दुई सय वटा विभिन्न प्रकारका विरुवा रोपिएको छ । कार्यक्रममा वातावरण प्रहरीका विपिन आचार्य, विद्यार्थि मनोज गिरीलगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण ढकराज सुवेदिले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।