• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युकेमा हुने नेपाल टि-२०कपको समापनमा गायिका भुमिका गिरीको प्रस्तुति




दाङ– सातौं सस्करणको पिपल नेपाल टि-२० क्रिकेट कपको  समापन कार्यक्रममा नेपाली गायिका भुमिका गिरिले प्रस्तुति दिँदैछिन्।

पोखरेली मन्च युकेको आयोजना तथा ग्रेटर रेडिङ नेपाली समजा युकेको सहआयोजना रेडिङ क्रीकेट क्लबको खेल मैदानमा जुन ७ मा हुने समापन समारोहमा गायिका गिरिले सांगीतिक प्रस्तुति दिने भएकी हुन्।

गायिका गिरिले युकेमा बस्नु हुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ उक्त समापन समारोहमा उपस्थिति हुन अनुरोध गरेको छिन् ।

यो प्रतियोगिताका लागि प्रतियोगिता मात्रै न भएर नेपाली यूवाहरुलाई एक ठाउँमा भेला गराई भाइचारको सम्बन्ध कसिलो बनाउने संगै लक्ष्यका साथ कप आयोजना गरेको आयोजकले बताएको छ ।

९ टिम सहभागी प्रतियोगितामा उपाधि बिजेता टिमले रनिङ्ग शिल्डसहित १ हजार ५ सय पाउण्ड, उपविजेता टिमले ८ सय पाउण्डका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दि सिरिज, वेष्ट बलर र वेष्ट व्याटरले जनही नगद २ सय पाउण्डका साथमा ट्रफी पाउनेछन् ।

Facebook Comments