• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङमा कम्प्युटर तालिमको प्रमाण पत्र वितरण




घोराही । घोराही उपमहानगरपालिका आर्थिक सहयोग र राप्ती इञ्जिनियरिङ कलेजको आयोजनामा संचालन भएको ३ महिने कम्प्युटर तालिमको एक समारोहकाबीच प्रमाण वितरण गरिएको छ ।

कलेज व्यवस्थापम समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशन डा.भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरमालिका वडा नं १६ का वडा अध्यक्ष तारा बहादुर डागीले विद्यार्थीले सिकेको सीपलाई व्यवहारमा लागू गर्नु पर्ने बताउनु भयो । अध्यक्ष डाँगीले अहिले युग सुचना र संचार प्रविधिको युग भएकोले विद्यार्थीहरुले उच्च शिक्षामा कम्प्युटर विषय लिएकर पढदा रोजगारीका थुपै्र अवसरहरु प्राप्त हुने बताउनुभयो ।

अध्यक्ष डाँगी कार्यक्रमा बोल्दै १६ नं. वडाका जनता जीवनस्तर बढाउनमा पनि कलेज अहंम भूमिका रहेको र आउँदा दिनमा कलेज र वडा कार्यालयबीच सहकार्य गरी १६ नं. वडालाई अन्य वडा भन्दा फरक वडाको रुपमा पहिचान बनाउने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष डाँगी आगामी वर्षमा एसईई दिएर बसेका विद्यार्थीहरु कम्प्युटर तालिम दिनको लागि आवश्यक रकम विनियोजन गरिसकेको जानकारी गराउनुभयो । वडा अध्यक्ष डाँगीले १६ नं वडामा रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि कलेजको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कलेज व्यवस्थापम समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशन डा.भीमसेन गिरीले प्राविधिक शिक्षा भन्नाले स्तरीय जीवन यापनका लागि चाहिने गुणस्तरीय सीप र ज्ञान भन्ने बुझिन्छ । वर्तमानमा त्यो जीवनपयोगी शिक्षालाई प्राविधिक शिक्षा भन्ने चलन अझै व्यापक हुदै गएको बताउनु भयो । प्रबन्ध निर्देशक डा.गिरीले अहिले देशमा सबैभन्दा ठूलो आवश्यकता भनेको प्राविधिक तथा उत्पादनमुखी शिक्षा हो । देशको विकामा धेरै पछाडि हुने मुख्य कारण यही हो । यदि युवाहरुलाई प्राविधिक शिक्षा दिन सक्यो भने परनिर्भरताको अन्त्य र देश विकासको यात्रा शुरु गर्न सकिन्छ भन्नुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष डा.गिरीले अहिलेको युग भनेको प्राविधिक युग हो वर्तमानमा प्राविधिक शिक्षा पढ्दामात्रे आजका नानीहरु भोलिका कर्णधार हुन सक्छन भन्दै डा गिरीले शिक्षा आर्थिक विकासको प्रमुख आधार हो र देशको विकासमा प्राविधिक शिक्षाको भूमिका ठूलो छ र अहिले साधारण शिक्षा भन्दा प्राविधिक शिक्षाको महत्व निकै रहेकोले एसईई उर्तीण विद्यार्थीहरुर्ला प्राविधिक शिक्षा पढनको लागि आग्रह गर्नुभयो ।

कार्यक्रमका कलेजका प्रिन्सिपल रेशम गिरीले स्वागत मन्तव्य व्यक्त गदै २०६५ साल देखि नै यस राप्ती इञ्जिनियरिङ कलेज प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरबाट सम्बन्धन प्राप्त गरी ३ वर्ष डिप्लोमा इन कप्युटर इञ्जिनियरिङ र १८ महिने अमिन, सिभिल र इलेक्ट्रिकल कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । प्रिन्सिपल गिरीले अहिले कलेजबाट उत्पादन भएका विद्यार्थी मध्यै ८० प्रतिशत रोजगारीमा रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै गिरीले यस कलेजमा घोराही उपमहानगरपालिकाका विद्यार्थीहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो ।

प्रिन्सिपल गिरीले शैक्षिक सत्र २०८१/२०८२ को लागि नयाँ भर्नाको आवदेन केही दिनमा नै खुल्ने जानकारी गराउनुभयो । कम्प्युटर तालिममा घोराही उपमहानगरपालिका वडा नं १६ का विभिन्न टोलबाट एसईई दिएर बसेको ८४ जना विद्यार्थीहरुले तालिममा सहभागी भई प्रमाण पत्र लिएका थिए । कार्यक्रममा कलेजका निर्देशक मधुसुदन बैद्य, प्रशिक्षक नरेश चौधरी र विवेक चलाउनेको सहभागिता रहेको कार्यक्रमको सहजीकरण कलेजका प्रशासकिय प्रमुख धनेश्वर चौधरीले गर्नु भएको थियो ।

Facebook Comments