दाङ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड बृद्धि परीक्षा आगामी साउन १८ र १९ गते गर्ने भएको छ ।
दुई विषयसम्म नन ग्रेड (एनजी) मा परेका विद्यार्थीहरूले ग्रेड बृद्धि परीक्षा दिन पाउने छन् ।
२ लाख ४२ हजार ३१३ नन ग्रेडमा परेका छन् । जसमध्ये एक लाख १५ हजार ८३४ जना उक्त ग्रेड बृद्धिमा सामेल हुन पाउने छन् ।
बोर्डका अनुसार एक विषयमा नन ग्रेड पाउने विद्यार्थीको संख्या ६७ हजार ८९६ रहेको छ भने दुई विषय लाग्ने ४७ हजार ९३८ जना छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।