घोराही । गुरुकुल एकेडमीले बिभिन्न बिधामा बिषेश छात्रबृति योजना ल्याएको छ । गुरुकुल एकेडेमीमा कक्षा ११मा भर्ना हुन आउने नयाँ विद्यार्थीहरुको लागि बिभिन्न बिधामा नयाँ छात्रबृति योजना ल्याएको गुरुकुल एकेडेमी प्लसटु विज्ञान संयोज अजय कुमार शाहले जानकारी दिनुभयो ।
विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको लागि प्रि रजिष्ट्रेशन गरेकाहरुलाई भर्ना शुल्कमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । साथै गुरुकुल एकेडेमीले कक्षा ११ को विज्ञान विषयको लागि मासिक शुल्क पाँच हजार निर्धारण गरेको छ भने एसइईमा ए प्लस नतिजा ल्याउने विद्यार्थीहरुलाई मासिक शुल्कमा ५० प्रतिशत छुट हुने ब्यबस्था गरेको छ ।
यसैगरी ए ल्याउने विद्यार्थीहरुको लागि मासिक शुल्कमा ३० प्रतिशत छुटको ब्यबस्था गरिएको संयोजक शाहले बताउनुभयो । यसैगरी कक्षा ११ ब्यबस्थापन शंकायमा भर्ना हुन आउनेहरुको लागि मासिक शुल्क रु ४ हजार ५ सय निर्धारण गरिएको ब्यबस्थापन संयोजक राजन अधिकारीले जानकारी दिनुभयो ।
जसमा एसईईमा ए प्लस ल्याउने विद्यार्थीहरुलाई ५० प्रतिशत छुट हुने छ भने ए ल्याउनेलाई ३० प्रतिशत छुट र बि ल्याउने लाई मासिक शुल्कमा २० प्रतिशत छुट गरिने पनि संयोजक अधिकारीले बताउनुभयो । गुरुकुल एकेडेमीमा प्लसटु अध्ययन गरेका विद्यार्थीहरुले बिद्यालयको पठनपाठनमा कुनै कमि नभएको बताएका छन् । साथै अभिभावकहरुले पनि प्लसटुका लागि गुरुकुलनै रोज्ने गरेका छन् । गुरुकुलबाट प्लस टु गरेका विद्यार्थीहरुले पुलचोक इन्जिनियरीङ क्याम्पस लगायत बिभिन्न बिधामा छात्रबृतिमा नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।