घोराही । गुरुकुल एकेडेमी घोराही र तुलसीपुरका विद्यार्थीहरुको दाँत परीक्षण गरिएको छ ।
गुरुकुल एकेडेमी तुलसीपुरको कक्षा प्ले ग्रुपदेखि कक्षा ९ सम्मका करिब १६० जना विद्यार्थी र घोराहीका कक्षा १० सम्मका विद्यार्थीहरुको दाँत परीक्षण गरिएको हो ।
बिआर डेन्टल अस्पतालका संचालक डा. बिपी भुषाल, डा. आस्था खत्री र विद्यालयकी स्टाफ नर्स सुस्मिता लम्सालले परीक्षण गर्नुभएको हो ।
विद्यार्थीहरुको दन्त परीक्षणका साथै उपचारको आवश्यक सल्लाह सुझाव समेत प्रदान गर्नुभएको थियो । दाँत सुरक्षित राख्नेबारे उचित प्रशिक्षण पनि दिइएको विद्यालयकी स्टाफ नर्स सुस्मिता लम्सालले जानकारी दिनुभयो । डा. भुषालले विद्यार्थीहरुलाई दाँत कसरी सफा तथा सुरक्षित राख्ने भन्नेबारे उचित टिप्स पनि प्रदान गर्नुभएको थियो ।
विद्यालयको बार्षिक क्यालेन्डर अनुसार गुरुकुल एकेडेमी घोराही र तुलसिपुरका विद्यार्थीहरुको दन्त परीक्षण गरीएको हो । गुरुकुल एकेडेमीले विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच समेत गर्दै आइरहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।