• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा बेकरी, हस्पिटालिटी तथा होटल व्यवस्थापनसम्बन्धी तालिम शुरु




तुल बहादुर कवँर मगर
भालुबाङ । दाङको राप्ती गाउँपालिकामा बेकरी,हस्पिटालिटी तथा होटल व्यवस्थापन सम्बन्धी १० दिने (१२० घण्टे) सीप विकास तालिम शुरु भएको छ।

“राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला” भन्ने मूल नाराका साथ गाउँपालिकाकाे उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत साे तालिम शुरु भएको हाे।

व्यावसाय गर्न चाहाने युवा तथा महिलाहरुलाई सीप सिकाई उद्वमी बनाउने र उनीहरूलाई व्यावसायमा जाेड्ने उदेश्यले तालिम सञ्चालन गरिएकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले तालिमले सहभागीहरूकाे आर्थिक जीवनस्तर सुधार्न टेवा पुग्नुका साथै उनीहरूको व्यक्तिगत, व्यवसायिक र सामुदायिक विकासमा समेत सहयोग पुग्ने बताउनुभयो ।

१८ जनाकाे सहभागीता रहेको तालिमको प्रशिक्षकमा निरज जाेशी रहनु भएको छ।

Facebook Comments