• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न




घोराही । गुरुकुल एकेडेमी घोराहीमा आइतबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयमा कक्षा १ र २ का विद्यार्थीहरुको बीचमा हाजिरीजवाफ कार्यक्रमको आयोजना गरिएको हो ।

साना नानि बाबुहरुलाई थोरै भएपनि ज्ञानका कुराहरु सिक्ने अवशर मिल्ने हेतुले यो कार्यक्रमको आयोजना गरीयको विद्यालयको मन्टेस्वरी संयोजक लोचना पौडेलले जानकारी दिनुभयो । सदनगत समुह अनुसार प्रतियोगिता गराइएको थियो ।

जसमा प्रथम एमरल्ड सदन भएको थियो भने रुवि सदन दोस्रो तथा सफायर सदन तेस्रो हुन सफल भएका हुन् । एउटा सदनमा ४ जनाको समुह रहेको थियो । गुरुकुल एकेडेमीको क्यालेन्डर अनुसार कार्यक्रमको आयोजना गरीएको संयोजक पौडेलले जानकारी दिनुभयो । हाजिरी जवाफ प्रतियोगिताका बिजेताहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

Facebook Comments