घोराही । दाङको बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले बंगलाचुलीमा निर्माणधिन अति महत्वपूर्ण क्रमागत योजनाहरुमा बजेट नपर्नु दुःखद् भएको बताएका छन् ।
उनले हालै लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक बर्ष २०८१/०८२ को बजेटमा बंगलाचुलीमा निर्माणाधिन क्रमागत योजनाहरुमा बजेट नपर्नु दुःखद् भएको बताएका हुन् ।
पालिका उपाध्यक्ष जिसीले गाउँपालिका अन्तर्गत पर्ने जौलेबाद-ओखलढुंगी – बाक्सिपाखा-सुकाखोला उद्योग पहुच मार्ग वडा नं. ४ , बैकल्पिक सडक जुम्लेपानी -पुरुङ छेडा -टाकुरा -सिस्नेखोला(पेदि) वडा नं. २ र मुर्कुटी -अमलाबास -घरिचौर सडकमा हालसम्म लाखौ रकम खर्च गरिसकेपछि निर्माण सम्पन्न हुने अन्तिमचरण रहेको योजनामा रकम बिनियोजन नगरी अलपत्र पारेको भन्दै लुम्बिनी प्रदेश सरकारप्रति खेद प्रकट समेत गरेका छन् ।
साथै उपाध्यक्ष जिसीले बंगलाचुलीमा निर्माणाधीन क्रमागत योजनालाई समयमै काम सम्पन्न गर्नका लागि ती योजनाहरुमा बजेट ब्यबस्था गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गरेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।