• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा ९ जना युवाहरू विप्लव नेकपामा समाहित




घोराही । दाङको घोराहीमा ९ जना युवाहरू नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । पार्टी घोराही उपमहानगरले शनिबार घोराहीमा आयोजना गरेको पार्टी ध्रुवीकरण कार्यक्रममा ९ जना युवा व्यवसायीहरु पार्टीमा समाहित भएका हुन् ।
घोराही – १४ का युवा व्यवसायी फरिद राइको नेतृत्वमा ९ युवाहरू पार्टीमा समाहित भएका छन् । जसमा चाद राई, वारिस अली, सिरताज राई, सैजादे राई, ताज राई, प्रवेज आलम, अब्दुल सिद्दिकी र जाहिद राईले पार्टीमा समाहित थिए ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिटब्यूरो सदस्य तथा पार्टीका केन्द्रीय न्याय विभाग प्रमुख शीतल सीले नवप्रवेशी युवाहरूलाई फूल दिएर पार्टीमा स्वागत गर्दै पार्टीले समाजवाद स्थापनाका लागि नेपाली जनताहरुलाई संगठित गर्ने अभियान चलाइरहेको बताए । पार्टीले चलाएको संगठित अभियानमा जोडिएर पार्टी प्रवेश गर्ने सबै जनालाई पार्टीमा उचित जिम्मेवार र ठाउँ दिएर अगाडि बढाउने उनको भनाइ छ ।

पार्टीका घोराही उपमहानगरका सेक्रेटरी महान सीको अध्यक्षता एवं पार्टीका पोलिटब्यूरो सदस्य तथा पार्टीका केन्द्रीय न्याय विभाग प्रमुख शीतल सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सी, पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, पार्टीका केन्द्रीय सदस्यद्वय सम्झना सी र पाटन सी, पार्टी दाङका सेक्रेटरी तीलक सी लगायतको उपस्थिति रहेको थियो ।

 

Facebook Comments