• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सर्वाेदय बाल क्लवका साधारणसभा तथा अधिबेशन, अध्यक्षमा श्रेष्ठ चयन




घोराही । घोराहीमा रहेको सर्वाेदय बाल क्लवले आफ्नो ११ औं साधारण सभा तथा छैटौं अधिबेशन सम्पन्न गरेको छ । क्लवका अध्यक्ष श्रीज्वल योगीको अध्यक्षता तथा सर्वाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले बालबालिकाको सर्वाङ्गिक विकासका बाल क्लवको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । विगतदेखी नै समाज सुधारका लागि विभिन्न सकारात्मक अभियानको थालनी गर्दै आएको सर्वाेदय बाल क्लवले आफ्ना क्रियाकलापलाई अझ शसक्त बनाउदै लैजान आवश्यक रहेकोमा जोड दिनुभयो ।

घोराही १४ का वडा सदस्य रचना कुमालले बालबालिका काचो माटो जस्तै भएको भन्दै उनिहरुलाई कस्तो बनाउने भन्ने जिम्मेवारी अभिभावकको भएकाले यसप्रति आमाबुवाहरुले ध्यान दिनुपर्ने बताउनुभयो । साथै आफ्ना बालबालिकालाई बाल क्लवमा जोडेर उनिहरुका गतिविधिलाई प्रभावकारी बनाउनका लागि अभिभावकहरुले चासो दिनुपर्नेमा बताउनुभयो ।

वडा नंम्वर १५ का वडा सदस्य लेखराज बुढाथोकीले बालबालिकामा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो । अभिभावकले बालकालिकासँग समय विताउनुका साथै असल संस्कार दिन सक्नुपर्ने बताउनुभयो । साथै तिनै तहका सरकारले बाल क्लव तथा बालबालिकाका हरेक गतिविधिलाई प्रभावकारी बनाउनका लागि लगानी बढाउदै लैजानुपर्नेमा जोड दिनुभयो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नारायण भुषाल, टोलका अध्यक्ष चित्रकान्त आचार्य, क्लवका पुर्व अध्यक्ष चन्द्रप्रकाश नेपाली, योग प्रशिक्षक लक्ष्मी आचार्य, टोलमा रहेको आमा समुहको अध्यक्ष युवा रेग्मी, बायलडाडा चौतारी क्लव सदस्य प्रदिप वेलबासेले शुभमकाना मन्तव्य राखेको कार्यक्रममा क्लवका सदस्य शोम्या आचार्यले कविता प्रस्तुत गर्नुभएको थियो । क्लवका सचिव नुजल आचार्यले प्रस्तुत गर्नुभएको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष एन्जिला भुषालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई बन्द सत्रले पारित गरेको थियो ।

क्लवका उपाध्यक्ष लक्ष्मी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण अभिभावक तथा क्लवका सल्लाहकार नविन श्रेष्ठले गर्नुभएको थियो ।

अध्यक्षमा श्रेष्ठ चयन

क्लवको छैटौं अधिवेशनले लक्ष्मी श्रेष्ठ अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा एन्जिला भुसाल, सचीवमा नुजल आचार्य, सह–सचीवमा सोम्या आचार्य र कोषाध्यक्षमा सम्मान शेर्पाईलीलाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा संस्कार आचार्य, जेनिस आचार्य, बर्षा पाण्डे, कृपा चौधरी, सन्ध्या श्रेष्ठ, सुबिज्ञा सिग्देल, छाँया नेपाली र नन्दिता पान्डेयलाई चयन गरिएको छ ।

Facebook Comments