• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (समाजवादी) दाङको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न




घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी) दाङले सरस्वती माद्यामिक बिद्यालय काठेकोलमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
संगठनले प्रत्येक महिनाको पहिलो शुक्रवार रचनात्मक कार्यक्रम गर्ने निर्णय अनुसार आज शुक्रबार सरस्वती माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको जानकारी दिएको छ ।

संगठनले डिप्लोमा इन आइटि पढ्ने बिद्यार्थीहरुलाई ५ वटा समुहमा बिभाजन गरि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय स्थान हासिल गर्ने समुहलाई पुरस्कार स्वरुप डायरी , कापी , कलम प्रदान गरिएको थियो भने सहभागी अन्य समुहलाई पनि १/१ प्रती कलम वितरण गरिएको हो ।

अखिल (समाजवादी)दाङका संयोजक खुम सीको सञ्चालन एवम सहजीकरणमा भएको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज खुमन सी , संगठनका केन्द्रीय सदस्य एवम २ नं. क्षेत्र इन्चार्ज दिपक सी , संगठनका जिल्ला समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा बोल्दै संगठनका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज खुमन सीले बिद्यार्थीहरुको सर्वाङ्गिन विकासका लागि संगठन प्रतिबद्ध रहेको बताएका थिए ।

उनले भने – ‘ बिद्यार्थीहरुसंग सैद्धान्तिक ज्ञान मात्रै भएर हुँदैन । नौजवान युवा-बिद्यार्थीले देश बुझ्नुपर्छ । हामिले हाम्रो माटो बुझ्नुपर्छ । देशमा केही हुँदैन सबै बिदेश जानुपर्छ भनेर जबर्जस्त निराशाको खेती गर्न खोजिएको छ त्यसलाई क्रान्तिकारी बिद्यार्थीहरुले तोडिदिनुपर्छ । हामी अहिलेको शिक्षा प्रणाली र पद्धतिको रुपान्तरण चाहेका छौ । हामी अहिलेको शिक्षालाई बदलेर श्रमसंग जोडिएको , उत्पादनमा जोडिएको समाजवादी शिक्षा प्राप्तिका लागि लडिरहेका छौँ ।’

हामी प्रत्येक महिनाको पहिलो शुक्रबार रचनात्मक कार्य गर्ने भनेर निर्णय गरेका छौँ ।’, उनले थप भने, ‘हामीले सांगठनिक अभियान मात्रै थालनी गर्ने सोचेका छैनौं अब बिद्यार्थीसंग रचनात्मक कार्यक्रम सहित आउनेछौ । हामी प्रत्येक महिनाको पहिलो साताको शुक्रबार यस्तै कार्यक्रम गर्छौं यसले तपाइँहरुको समग्र विकासको नेतृत्व गर्नेछ । सबै युवा-बिद्यार्थीहरु एकपटक अखिल (समाजवादी)को झण्डामुनी गोलबन्द हुन अपिल गर्दछौं ।’

कार्यक्रममा सहभागी बिद्यार्थीहरुले संगठनले थालेको अभियानको सकारात्मक प्रतिक्रिया दिएका थिए ।

Facebook Comments