• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुन्दर सुन्दरादेवी मन्दिर, पुर्वाधार विकासको पर्खाइमा




जयन्ती चौधरी

तुलसीपुर/ नेपालकै ठूलो उपत्यका दाङ धार्मिक, ऐतिहासिक, सास्कृतिक र पर्यावरणीय दृष्टिकोणले अथाह पर्यटकिय सम्भावाना रहेको जिल्ला हो । लुम्बिनी प्रदेशको राजधानी यस जिल्लामा दाङ र देउखुरी गरि २ वटा ठुला उपत्यकाहरु रहेका छन । उत्तरमा महाभारत पर्वत शृङ्खला र दक्षिणमा शिवालिक पर्वत शृङ्खलाले घेरिएको दाङ मौलिक कला, सस्कृती एवम रितिरिवाजका साथै ऐतिहासिक, धार्मिक र मनमोहक पर्यावरणीय प्रचुरतायुक्त जिल्ला पनि हो । समुन्द्र सतहबाट २१३ मिटरदेखि २०५८ मिटर उचाई सम्म र ३०५९.८९ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस जिल्लामा रहेका कतिपय पुरातात्विक, ऐतिहासिक, धार्मिक र पर्यटकिय स्थलहरु अहिलेसम्म पनि विकास र प्रचार प्रसारको अभावमा ओझेलमा परेका छ्न।

यस्तै ओझेलमा परेको ऐतिहासिक एवम धार्मिक स्थल हो सुन्दरादेवी मन्दिर। दाङ जिल्लाको शान्तिनगर गाउपालिका वडा न. ३ सुइकोटमा अवस्थित यस मन्दिरले करिब २ सतक लामो ईतिहास बोकेको छ। स्थानियका अनुसार सन १८५४ स्थापना भएको यस मन्दिर दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास समेत रहदै आएको छ। जङ्गलले भरिपुर्ण पहाडको उच्च स्थानमा अवस्थित यस मन्दिर पुग्न शान्तिनगर गाउपलिकाको कार्यालयबाट लगभग ११ कि.मि. उत्तरतर्फ ग्राभेल्ड बाटोको यात्रा गर्नु पर्दछ । शान्त र रमणीय वातावरण रहेको यस मन्दिर परिसरबाट तुलसीपुर उपमहानगरपालिका र आसपासका गाउँपालिकामा रहेका मानववस्तिहरुको दृश्यावलोकन गर्न सकिन्छ।

मन्दिरका मुल पुजारी लोक प्रसाद उपाध्यायका अनुसार एक १५ वार्षिया महिला हराएको एक हप्तापछी यस स्थानमा फेला परेको र निज हराएकी महिलाले उक्त स्थानमा सुन्दरादेविको बास रहेको भनेपछी स्थानियहरुबाट उक्त स्थानमा रहेको ढुङ्गा पुजा गर्न सुरु गरिएको र कालान्तरमा मन्दिर स्थापना भएको किम्वदन्ती रहेको छ।

हाल चैत्र शुक्लपक्ष र अश्विन शुक्लपक्षका दिन यस मन्दिरमा पुजाआजा गर्ने स्थानिय दर्शनार्थिहरुको चहलपहल बढि हुने गरेको र अरु समयमा पनि मनोकामना पूरा भएकाहरु बलि चढाउनका साथै आसपासका मान्छेहरु फाटफुट रुपमा दृश्यावलोकनका लागि आउने गरेको मुल पुजारी उपाध्यायले बताए। हाल यस स्थानमा मन्दिरका अलावा एउटा धर्मशाला निर्माण भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत ८ लाख बिनियोजन भई उक्त धर्मशाला निर्माण भएको मुल पुजारी उपाध्यायले बताए।

धार्मिक ऐतिहासिकता र पर्यटकिय सम्भावना बोकेको यस्बसुन्दर सुदरादेवी मन्दिर भने पुर्वाधार विकास र प्रचार प्रसारको पर्खाईमा रहेको छ। मन्दिरसम्म पुग्न स्तरिय सडकको अभाव र मन्दिर परिसरमा दर्शनार्थीहरुका लागि आवश्यक भौतिक पुर्वाधार नहुदा आगन्तुकहरुले सास्ती बेहोर्नुपरेको स्थानीयहरु बताउछ्न। यस मन्दिरको संरक्षण, सम्वर्द्धन र विकासमा स्थानिय सरकार र राज्यको ध्यान पुग्न नसक्दा यसको महत्व ओझेलमा परेको स्थानियहरुको गुनासो छ। यहाँको मुख्य समस्या स्तरिय सडकको रहेको र गाउघरमा दुख बिरामी पर्दा समेत तत्काल अस्पताल पुग्न कठिनाइ हुने गरेको समेत स्थानियहरुको गुनासो छ।

शान्तिनगर गाउपालिकाका अध्यक्ष प्रमोद बस्नेतले भने यस धार्मिक स्थलको विकास र प्रचारप्रसारका लागि स्थानिय सरकार लागि परेको र उक्त स्थानमा चाडै होम स्टेहरुको स्थापना गर्ने योजनाका साथै प्याराग्लाईडिङको सम्भावना अध्ययन एवम परिक्षण गर्ने योजना रहेको बताए।

उनले सडक स्तरोन्नतिका लागि स्थानिय सरकार संग स्रोतको अभाव रहेकोले प्रदेश र संघ सरकार संग बजेट माग गरिएको समेत बताए। उक्त स्थानमा होमस्टे सन्चालनका लागि गाउपालिकाले ३०% अनुदान उपलब्ध गराउने भएकाले ईच्छुक स्थानियहरुलाई गाउपालिकामा सम्पर्क राख्न सकिने र उक्त स्थानबाट असार २० गते भित्र सुइकोटदेखी पातेटाकुरा र प्रतापकोट दरबारदेखि विष्णुपुरमा प्याराग्लाडिङ परिक्षण गरिने अध्यक्ष बस्नेतले बताए।

सडकको स्तरोन्नती र अन्य आवश्यक भौतिक पुर्वाधारहरुको विकास हुन सकेमा यस क्षेत्रको धार्मिक एवम ऐतिहासिक महत्व उजागर हुनुका साथै पर्यटकिय गतिविधी बढ्न गई स्थानिय बासिन्दाहरुको अर्थोपार्जनमा समेत टेवा पुग्ने आशा रहेको स्थानियहरुको भनाई छ।

Facebook Comments