दाङ । लमही नगरपालिकाभित्र गाैशाला ब्यवस्थापन तथा गाैकाे धार्मिक, संस्कृति र वैज्ञानिक उपयोगिताका सम्वन्धमा दाङमा छलफल सम्पन्न भएको छ ।
विश्वहिन्दु युवा महासंघका अध्यक्ष ऋषिकेशजंग शाहकाे अगुवाइमा शुरुभएको छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व संविधान सभा सदस्य याेगेन्द चाैधरी, लमही नगरपालिका नगर प्रमुख जाेगराज चाैधरी, लमही नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकाेटा , लमही नगरपालिका उपप्रमुख लक्ष्मि याेगी समाजसेवी विन्तिराम यादव लगायत सराेकारवालाबीच छलफल सम्पन्न भयाे ।
छलफलमा नगरपालिका नगरप्रमुख जाेगराज चाैधरीले आफु यस विषयमा गम्भीर रहेकाे बताउदै गाै संरक्षणसँगै यसलाई आर्थिक विषयमा समेत जाेडेर जान सक्ने हाे भने स्वादेशमै स्वाराेजगार सृजना गर्न सक्ने बताउनुभयाे।
नगर प्रमुख चाैधरीले गाै संरक्षण हिन्दु धर्मसंगमात्र जाेडेर हेन्नु भन्दा पनि यसकाे वैज्ञानिक रुपमा हुने उपयाेगी, यसका फाईदाका र मानव जीवन मा आवश्यक पर्न औषधिका वारे सचेतनाकाे कमिले गर्दा गाै का महत्त्व वुझाउन नसकेकाे बताउनुभयाे । गाै संरक्षणले आर्थिक पाटाेकाे रुपमा लिन र उपयोगी गर्न सक्ने हाे भने राम्रो आम्दानी गर्न सक्ने नगर प्रमुख चाैधरीले बताउनुभयाे ।
कार्यक्रममा पुर्व संविधान सभा सदस्य याेगेन्द चाैधरीले गाै संरक्षण धर्म संगमा जाेडेर हेर्नू भन्दा पनि यसलाई आर्थिक पाटाे , मानव स्वास्थ्य, र स्वराेजगारसंग जाेडेर अगाडि वढाउनु पर्ने बताउनुभयाे ।
विश्व हिन्दु युवा महासंघका केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले गाै हिन्दु धर्म संग मात्र जाेडियकाे विषय मात्र नभई याे विश्वब्यापि रुपमा यसकाे महत्त्व नवुझ्दा गाै सडकमा आएकाे बताउनुभयाे ।
गाैबाट मानव जीवनमा आवश्यक पर्ने औषधिकका रुपमा पाईने सबै तत्व पाउने भएकाले पनि गाै मानव जगत संरक्षणका लागि पनि गाै संरक्षण आवश्यक भएको बताउनुभयाे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।