• २३ भाद्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दीपेन्द्रसिंह ऐरी पुगे अलराउन्डरको छैठौँ नम्बरमा




काठमाण्डौ – नेपालका दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि नवौँ स्थानमा रहेका दीपेन्द्र अहिले छैठौँ स्थानमा पुगेका हुन ।

दीपेन्द्र अब भारतका अलराउन्डर हार्दिक पाण्ड्याभन्दा पनि अघि पुगेका छन् । टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरियतामा अन्तर्राष्ट्रियका मार्कस स्टोइनिस शीर्ष स्थानमा छन् ।

यस्तै ब्याटिङ वरियतामा पनि पाँच स्थान सुधार गरेर ऐरी ४६औँ स्थानमा पुगेका छन् । टी–२० को बलिङ वरियतामा पनि दीपेन्द्रले २७ स्थान सुधार गरेर ९६ स्थानमा पुगेका छन् । दीपेन्द्रभन्दा अघि नेपालका सोमपाल कामी आठ स्थान सुधार गरेर ९१ औँ स्थानमा पुगेका छन् ।

 

Facebook Comments