घोराही । स्वतन्त्र विद्यार्थी यूनियन सिद्धरत्ननाथ क्याम्पस नारायणपुर दाङले घटनाको सत्य, तथ्य नबुझी क्याम्पसको बारेमा सामाजिक सञ्जालमा आएको विषयप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
स्ववियुले आज मंगलबार एक विज्ञप्ति जारी गरेर क्याम्पसमा हिजो आइतबार परीक्षा चलिरहेको सन्दर्भमा विद्यार्थी र क्याम्पस प्रशासनबीच समस्या आएको भनि सामाजिक सञ्जालमा आएको विषयप्रति ध्यानाकर्षण जनाएको हो ।
क्याम्पस स्ववियुका अध्यक्ष मनोज केसीले क्याम्पसमा भएको घटनाको बारेमा विषयवस्तु नबुझी क्याम्पसको बारेमा अनावश्यक रुपमा सामाजिक सञ्जालमा आएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले हिजो आइतबार क्याम्पसमा स्नातक तह चौथो वर्षको परीक्षा भइरहेको समयमा विद्यार्थी चेकजाँचको क्रममा परीक्षार्थी र क्याम्पसबाट जिम्मेवारी प्राप्त सहायक केन्द्राध्यक्षबीच बुझाइमा फरक पर्न गएको र त्यसमा विषयमा दुई पक्षबीच छलफल गरी समस्याको समाधान गरिएको जानकारी दिए ।
साथै आगामी दिनमा यस्ता समस्याहरु उत्पन्न हुन नदिन र परीक्षा लगायत क्याम्पस प्रशासनलाई मर्यादित बनाउन स्ववियु जिम्मेवार रहने समेत उनको भनाइ छ ।
यस विषयमा क्याम्पसले आफ्नो धारणासहित ध्यानाकर्षण जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।