दाङ । रेडिमेड तथा फेन्सी व्यवसायी संघ घोराहीको अध्यक्षमा निरञ्जन श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न आठौं साधारण सभा छठौं अधिवेशनले उपाध्यक्षमा हरि प्रसाद घिमिरे सचिवमा संजिव श्रेष्ठ कोषाध्यक्षमा दामोदर पौडेल सहसचिवमा गणेश पाण्डे र्निविरोध निर्वाचित भएका छन् ।
सदस्यहरुमा मिलन लामा, ओम प्रसाद श्रेष्ठ, राजेन्द्र प्रसाद श्रेष्ठ, कमल पाण्डे, विकास ज्ञवाली, गुरु भण्डारी, रण बिक्रम चन्द, नरमहमह, हेमराज सुवेदी, भुपनारायण भण्डारी, शिशिर आचार्य, रहेका छन् । सम्पूर्ण पदमा र्निविरोध भएको थियो ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले हिजोको व्यवसाय र आजको व्यवसायमा तुलना गर्न नमिल्ने बताउदै समय अनुसार व्यवसायमा सुधार गर्दे अगाडी बढनुपर्ने बताए ।
जोशीले अहिलेको अवस्थामा व्यवसायलाई मुनाफा कमाउनु भन्दा नि व्यवसायलाई कसरी बचाउने भन्ने पिरोलो रहेको बताउदै व्यवसायमा समय अनुसार नयाँ नयाँ चुनौतीहरू आउने बताउदै नयाँ नयाँ रणनितिका साथ व्यवसायलाई अगाडी बढाउनुपर्ने बताए ।
एकराज खनालको अध्यक्षता भएको कार्यक्रमा वसन्त जोशी, टंक सिह बुढाथोकी धुर्ब कुमार गहतराज, लिलाराम खड्का ,महेन्द्र बुढाथोकी ,विकास वलि, बिष्णु प्रसाद रिजाल, रुद्र जैशि शर्मा,रामप्रसाद पोख्रेल, राजेन्द्र लामा नोर्वु, पुष्कर न्यौपाने लगायतको उपस्थिति रहेको थियो भन्ने सहजिकरण सचिव माधव खनालले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।