• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही ५ मा अनेमसंघ क्रान्तिकारीको भेला




असार ।घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेला भएको छ ।

भेलाले अन्जु बिकको अध्यक्षतामा १९ सदस्यीय वडा समिति गठन गरेको छ । जसको उपाध्यक्ष लक्षिमा नेपाली, मिना बिक र कमली नेपाली, सचिव कौशिला विश्वकर्मा सहसचिव विमला सुनार तथा कोषाध्यक्ष उर्मिला सुनारलगायत रहनुभएको छ ।

हिमा डिसीको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य मदन डाँडी, नगर सचिव बसन्त चौधरी, नगर कार्यालय सदस्य विकास मल्ल, अनेसंघ क्रान्तिकारीका नगर अध्यक्ष नैना चौधरी, नगर सदस्यहरु गिता भण्डारी, दिलकुमारी घर्ती मगर, वडा पार्टी अध्यक्ष हिराबहादुर केसी, वडा नम्बर १३ का पार्टी अध्यक्ष नन्दराम घर्तीलगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments