• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दक्षिण अफ्रिकाविरुद्ध नेपालको सानदार बलिङ, ११६ रनको लक्ष्य पछ्याउँदै




वेस्ट इन्डिज । स्पिनरहरुले सानदार बलिङ गरेपछि नेपालले ट्वान्टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्धको खेल जित्न १ सय रनको लक्ष्य पाएको छ । नेपालका कप्तान रोहित पौडेलले शुक्रबार सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानमा टस जितेपछि ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ११५–७ को स्कोरमात्र बनाउन सक्यो ।

कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको चम्किलो प्रदर्शन गरेपछि नेपालले उत्कृष्ट बलिङ गरेको थियो । पावर प्लेको पहिलो ६ ओभरमा दक्षिण अफ्रिकालाई ३८–१ को अवस्थामा रोकेको नेपालले त्यसपछि झनै किफायती बलिङ गरेको थियो । २–३ क्याचको मौका र २–३ मिस फिल्ड भए पनि स्पिनर आक्रामण लगाएपछि दक्षिण अफ्रिीकी ब्याटर खुलेर खेल्न सकेका थिएनन् ।

रिजा हेन्ड्रिक्सले दक्षिण अफ्रिकाबाट सर्वाधिक ४३ रन बनाए । ४९ बल खेली ५ चौका र १ छक्का प्रहार गरेका उनलाई १६ औं ओभरमा भुर्तेलले कट एन्ड बोल्ड गरे । हेन्ड्रिक्स ३२ बलमा ३० रन बनाएको समयमा अविनाश बोहराको बलमा भुर्तेलले लङ अफमा सजिलो क्याच छाडेका थिए । त्यसको अर्को ओभरबाटै भुर्तेलले विकेट लिन सुरु गरेका थिए ।

 

Facebook Comments