• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल




काठमाडौं – नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले एक परिवर्तन गरेको छ । स्पिनर सन्दीप लामिछाने नेपालको प्लेइङ ११ मा हुँदा सागर ढकाल बेन्चमा छन् ।

दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ समूह डी मा शीर्षस्थानमा छ । दक्षिण अफ्रिका एक खेल अगावै सुपर-८ मा पुगेको छ । दक्षिण अफ्रिकालाई यस खेल सुपर ८ अघिको तयारी हुनेछ । दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट र बंगलादेशलाई ४ रनले हराएको थियो ।

नेपाल २ खेलमा १ मा हार र १ खेलमा रद्ध हुँदा १ अंकका साथ चौथो स्थानमा छ । सुपर ८ को अंक गणीतिय सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नुपर्छ । यदि नेपाल पराजित भएमा आधिकारिक रुपमा बाहिरिनेछ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसक्दा अंक बाँडेको थियो ।

Facebook Comments