कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुलीका जनताको आयस्तर वृद्धि तथा स्वरोजगार बन्नेखालका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभएको छ ।
उहाँले अबका दिनहरुमा जनतालाई स्वरोजगार बनाई उनिहरुको आयस्तरमा वृद्धि नभए सम्म जीवनस्तर माथि नउठ्ने बताउनुभयो । उद्योग वाणिज्य तथा आपुर्ती मान्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग र बंगलाचुली गाउँपालिकाको आयोजनामा संचालित गरिबी निवारणका लागि लघुउम विकास कार्यक्रम अन्तर्गत एक दिने बजारीकरण सम्बन्धी आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष पुनले हरेक नागिरकले आफ्नो जीवनस्तर परिवर्तनका लागि व्यवसायीक सोचका साथ व्यवसायमा लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले राज्यले गरेको लगानीको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जनतालाई सिप सिकाउनका लागि राज्यले गरेको लगानीलाई व्यवारमा नउतार्दा सम्म त्यो प्रभावकारी नहुने बताउनुभयो ।
बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगीको अध्यक्षता एवं पालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,आर्थिक प्रशान शाखा प्रमुख नारायण प्रसाद आचार्य लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का झण्डै ३० जना प्रशिक्षार्थीहरुको सहभीता रहेको थियो ।
तालिमको प्रशिक्षककमा कमलकान्त दाहाल रहनुभएको थियो । कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोपाल केसीले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।