• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवा संगठन नेपाल दाङको प्रथमपूर्ण  बैठक सम्पन्न : यस्ता छन्, निर्णयहरु ?




घोराही । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन  युवा संगठन नेपाल दाङको प्रथमपूर्ण बैठक सम्पन्न भएको छ । संगठनको आयोजनामा बिहीबार घोराहीमा सम्पन्न भएको  बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको हो ।

संगठनका दाङ जिल्ला संयोजक  शिशिर सीको अध्यक्षता एवं  नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सबिन सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले राजनैतिक तथा वैचारिक, संगठन, संघर्ष, आर्थिक, उत्पादन, प्रचारप्रसार र नमूना कार्य सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले राजनैतिक तथा वैचारिक सम्बन्धमा पालिकास्तरीय अन्तरक्रिया गर्ने, पालिकामा राजनैतिक सभाहरु र स्कुलिङ गर्ने, मित्र युवा संगठनहरुसँग मैत्रीपूर्ण भेटघाट तथा छलफल गर्ने र संगठन सम्बन्धमा कार्यक्षेत्र विभाजन, पालिका बैठक बस्ने र सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै संघर्ष सम्बन्धमा प्रत्येक पालिकाले ५/५ वटा नारा वालिङ गर्ने, राष्ट्रघाती,जनघाती ,भ्रष्टाचारी ,मिटर ब्याजी ,सहकारी ठगी, मानव तस्कर, कालोबजारीका विरुद्ध संघर्ष गर्ने र आर्थिक सम्बन्धमा लेवि नियमित गर्ने, जिल्लामा आर्थिक कोष खडा गर्ने र संगठनका प्रत्येक सदस्य उत्पादनमा जोडिने निर्णय गरेको संगठनले जनाएको छ ।

त्यसैगरी उत्पादन सम्बन्धमा केन्द्रिय उत्पादनलाई सहयोग गर्ने, जिल्ला पार्टीका उत्पादन क्षेत्रमा संगठनका प्रत्येक सदस्य जोडिने र प्रचारप्रसार सम्बन्धमा जिल्ला समितिले फेसबुक आइडी खोलेर संगठनको नाममा पेज चलाउने, संगठनमा भए गरेका गतिविधिहरु व्यापक प्रचारप्रसार गर्ने, सामाजिक संजालमा तिव्र हस्तक्षेप गर्नेसँगै सी गार्डन बनाउने र सी प्रतिक्षालय निर्माण गर्ने निर्णय भएको संगठनले जनाएको हो ।

बैठकमा पार्टीकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश फ्याकसन इन्चार्ज  सम्झना सी, पार्टीका केन्द्रीय सदस्य  तथा दाङ निर्वाचन क्षेत्र नं. २ को इन्चार्ज पाटन सी, केन्द्रीय प्रतिनिधि सदस्य तथा दाङ जिल्ला सचिव तिलक सी , संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज  दिपक सी र संगठनका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज पदम सीको  विशेष उपस्थिति रहेको थियो  ।

Facebook Comments