दाङ । दाङको बंगलाचुली गाउँपालिकामा जेठ २० गते मोटरसाइकल दुर्घटना परि ज्यान गुमाएका बंगलाचुली गाउँपालिका वडा नम्वर ४ पन्थटोल निवासी खेतुलाल नेपालीको परिवारलाई आर्थिक सहायता र बंगलाचुली गाउँपालिका वडा नम्वर ३ दाङवाङ निवासी दुर्घटनाका घाइते चेत प्रसाद डाँगीको उपचारका लागि आर्थिक सहयोग अभियान चलिरहेको छ । उक्त अभियानबाट हालसम्म ६५ हजार ८ सय २९ रुपैया संकलन भएको अभियाका संयोजक विक्रम डाँगीले जानकारी दिनुभयो ।
जसअन्तर्गत वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डाँगीले मृतक परिवारको लागि रु ५ हजार, जिवन डाँगी बंगलाचुली–४ हाल निवासी हाल अमेरिका १ हजार ५५, टिकाराम खत्री शिक्षक ५ सय, दामोदर सुवेदी स्वास्थ्यकर्मी २ हजार ५ , मदन महरा समाजसेवी २ हजार, समाजुसेवीहरु किरण बोहरा ९९९, संदिप शाह ५ सय, कविराम पोख्रेल १ हजार स्वास्थ्यकर्मी बासु महरा १ हजार, नेपाली काङ्ग्रेस वडा नम्बर ४ का सभापति सिबराज परिवारले रु १ हजार, कमिरेचौर बचत तथा ऋणसहकारी सस्थाका अध्यक्ष दुर्पता पौडेलले रु १ हजार, शिक्षक तुल्सी राम रावतले रु ११ सय ११ नेपाली काङ्ग्रे वडा नम्बर ४ का सहसचिव देबेन्द्र गिरीले रु ५ सय, नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका उपसभापति इन्द्रमणि वलीले रु २ हजार समाजसेवि धनेस्वर भन्डारीले रु १ हजार, समाजसेवी युबराज सुवेदीले रु ५ सय, मीनराज सुबेदीले रु ५सय, नब सिर्जनसिल कन्टक्सन प्राली काठमाण्डौंले रु २५ सय नेपाली कांग्रेस दाङ जिल्ला सदस्य जित बहादुर वली २५ सय , नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तेज बहादुर विक ३ हजार, नारायण प्रसाद भण्डारी नेपाली कांग्रेस प्रदेश २ कका कोषाध्यक्ष २ हजार ५ सय, हिमाल महरा प्रेस युनियन जिल्ला सदस्य १ हजार, जनक गहतराज १ हजार ५ सय, संस्थापक वडा अध्यक्ष बंगलाचुली ४ नारायण डाँगी २ हजार बंगलाचुली ४ क्रिकेट टिम क्याप्टेन क्षितिज खड्का १ समाजसेवीहरु सेवक भट्टराई १ हजार, हेमन्त भण्डारी ११ सय ५ शुसान्त मट्टीखट्के ५ सय र शिक्षक तेज प्रसाद पौडेल ५ सय ५ रुपैयाँ सहयोग गर्नुभएको सहयोग अभियाका संयोजक विक्रम डाँगीले जानकारी दिनुभयो ।
यस्तै घाईतेको उपचारको लागि वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डाँगीले रु १० हजार,जिवन डाँगी बंगलाचुली–४ हाल निवासी हाल अमेरिका १ हजार ५५, टिकारा खत्री ५ सय, मदन महरा २ हजार, सुदिप शाह ५ सय, बासु महरा ५ सय, यमलाल डाँगी १ हजार १ सय ५ नेपाली कांग्रेस दाङ जिल्ला सदस्य जित बहादुर वली २५ सय, जनक गहतराज १ हजार ५ सय, हिमाल महरा प्रेस युनियन जिल्ला सदस्य ५ सय, वडा सदस्य दिपक परिवारले रु १ हजार नेपाली काङ्ग्रेस वडा नम्बर ४ का सभापति सिबराज परिवारले रु १ हजार ,दुर्पता पौडेलले रु १ हजार, युबराज सुवेदीले रु ५ सय, पुर्ण बहादुर थापाले रु १ हजार, मिनराज सुवेदिले ५ सय र नब सिर्जनसिल कन्टक्सन प्रा।लीले रु १ हजार रुपैया सहयोग गर्नुभएको छ ।
सहयोग अभियाका संयोजक विक्रम डाँगीले आर्थिक सहयोग संकलन अभियानमा पार्टीको तर्फबाट नेपाली कांग्रेसका नेता कार्यकता, क्षेत्रीय कार्यसमिति , महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, पालिका तथा वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, जनप्रतिनिधि, क्रियाशिल सदस्य,भातृ तथा सवेच्छुक संघसंगठन लगायत सबैलाई आर्थिक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । सहयोग गर्न चाहनेहरुले अभियन्ता बिक्रम डाँगीको मोबाइल नम्बर ९८६९५९६५३० मा सम्पर्क गरि सहयोग गर्न सकिने छ ।सहयोग रकम १३ औं दिनको शुद्ध शान्तिका दिन मृतकका परिवारलाई रकम हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।