• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुरकाे दिव्य कुञ्जमा  लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम




दाङ ।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजना र दिव्य कुञ्ज एकेडेमीको सहकार्यमा शान्ति एवम् सुरक्षित समाज निर्माणका लागि लागू औषध दुर्व्यसनसम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कक्षा ६ देखी १० सम्मका विद्यार्थीको प्रत्यक्ष सहभागितामा उक्त कार्यक्रम गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक भरत नाथ याेगीले विद्यार्थीहरुलाई दुर्व्यसन बिरुद्ध सचेतता प्रदान गर्नुभएको थियो । लागु औषध के हो ? विद्यार्थीहरु यसमा कसरी फस्न सक्छन् ? सारिरिक, मानसिक र सामाजिक असर र  न्यूनीकरणका उपायहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा प्रधानाध्यापक अधिकारीले ई.प्र.का. तुलसीपुरले विद्यालयमै चेतनामुलक कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनुभयो । साथै आगामी दिनमा पनि सचेततामुलक  कार्यक्रमका लागी प्रहरी संग सहकार्य गर्दै जाने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान ) ले गर्नुभएको थियो ।

Facebook Comments