तुलसीपुर । दाङको तुलसीपुरमा धारिलो हतियार चक्कु प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।
मंगलबार राती करिब साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका ४ मजवा ठुलाखाली चोकमा बसीरहेको अवस्थामा २/३ जनाको समुहमा आएका युवाहरुको समुहले धारिलो हतियार चक्कु प्रहार गरि एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
घाइते हुनेमा तुलसीपुर ४ मजुवा निवासी २४ वर्षीय गोरखलाल खड्का रहेका छन् ।
गोरखलालमाथी चक्कु प्रहार गर्ने तुलसीपुर ४ बस्ने अन्दाजी २१ वर्षीय पवन केसी लगायत २/३ जना युवाहरु रहेको प्रहरीले बताएको छ ।
गोरखलाल र पवन बिच सामान्य बिवाद भएपछि उनीमाथी धारिलो हरियार (चक्कु) प्रहार गरेका थिए । गोरखलाललाई ढाडमा गहिरो चोट लागेको छ ।
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागी नर्सिङ होम नेपालगंज बाँके रिफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले घटनास्थलबाट चक्कु प्रहार गर्ने पवन केसीलाई चक्कु सहित र तुलसीपुर ४ बस्ने १८ वर्षीय झक्कु वली, सोही ठाउँ बस्ने अन्दाजी २०/२२ वर्षीय बिकाश पुनलाई पक्राउ गरेको छ ।
साथै उनीको साथबाट रा. ६ प. ५०, रा. ४ प. ५२४ र रा. ६ प. ४०६५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।