• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा दुर्घटना परि मृतक भएका परिवार र घाईतेका लागि सहयोग जुट्दै




दाङ । दाङको बंगलाचुली गाउँपालिकामा जेठ २० गते मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका परिवार र घाइतेकाका लागि आर्थिक सहयोग सङ्कलनको काम भइरहेको छ । दुर्घटनामा परि ज्यान गुमाएका बंगलाचुली गाउँपालिका वडा नम्वर ४ पन्थटोल निवासी खेतुलाल नेपालीको परिवारलाई आर्थिक सहायताका लागि र बंगलाचुली गाउँपालिका वडा नम्वर ३ दाङवाङ निवासी दुर्घटनाका घाइते चेत प्रसाद डाँगीको उपचारका लागि सहयोग अभियान चलिरहेको हो ।

यसैबीच अभियानमा ५१ हजार ६ सय १० रुपैया संकलन भएको छ । जसअन्तर्गत वडा नम्बर ४ का अध्यक्ष डांस बहादुर डाँगीले मृतक परिवारको लागि रु ५ हजार, नेपाली काङ्ग्रेस वडा नम्बर ४ का सभापति सिबराज परिवारले रु १ हजार, कमिरेचौर बचत तथा ऋणसहकारी सस्थाका अध्यक्ष दुर्पता पौडेलले रु १ हजार, शिक्षक तुल्सी राम रावतले रु १ हजार १ सय ११ रुपैयाँ, नेपाली काङ्ग्रेस वडा नम्बर ४ का सहसचिव देबेन्द्र गिरीले रु ५ सय, नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका उपसभापति इन्द्रमणि वलीले रु २ हजार, समाजसेवी धनेश्वर भण्डारीले रु १ हजार, समाजसेवी युबराज सुवेदीले रु ५ सय, मीनराज सुबेदीले रु ५ सय, नब सिर्जनशील कन्टक्सन प्रालि  ठमाण्डौंले रु २ हजार ५ सय, नेपाली कांग्रेस दाङ जिल्ला सदस्य जित बहादुर वलीले २५ सय , नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तेज बहादुर विक ३ हजार, नारायण प्रसाद भण्डारी नेपाली कांग्रेस प्रदेश २ कका कोषाध्यक्ष २ हजार ५ सय, हिमाल महरा प्रेस युनियन जिल्ला सदस्य १ हजार, सुनिता सुनचाँदी उद्योगका सञ्चालक जनक गहतराजले  १ हजार ५ सय, संस्थापक वडा अध्यक्ष बंगलाचुली ४ नारायण डाँगीले २ हजार, बंगलाचुली ४ क्रिकेट टिम क्याप्टेन क्षितिज खड्काले  १ हजार  समाजसेवीहरु सेवक भट्टराई १ हजार, हेमन्त भण्डारी १हजार १ सय ५ रुपैयाँ , शुसान्त मट्टीखट्के ५ सय र शिक्षक तेज प्रसाद पौडेल ५ सय ५ रुपैयाँ सहयोग गर्नुभएको सहयोग अभियाका संयोजक विक्रम डाँगीले जानकारी दिनुभयो ।

यस्तै घाइतेको उपचारको लागि वडा नम्बर ४ का अध्यक्ष डांस बहादुर डाँगीले रु १० हजार, नेपाली कांग्रेस दाङ जिल्ला सदस्य जित बहादुर वली २५ सय,सुनिता सुनचाँदी उद्योगका सञ्चालक जनक गहतराजले  १ हजार ५ सय, हिमाल महरा प्रेस युनियन जिल्ला सदस्य ५ सय, वडा सदस्य दिपक परिवारले रु १ हजार नेपाली काङ्ग्रेस वडा नम्बर ४ का सभापति सिबराज परिवारले रु १ हजार ,दुर्पता पौडेलले रु १ हजार, युबराज सुवेदीले रु ५ सय, पुर्ण बहादुर थापाले रु १ हजार, मिनराज सुवेदीले ५ सय र नब सिर्जनसिल कन्टक्सन प्रालीले रु १ हजार रुपैया सहयोग गर्नुभएको छ ।

सहयोग अभियाका संयोजक विक्रम डाँगीले आर्थिक सहयोग संकलन अभियानमा पार्टिका तर्फबाट नेपाली कांग्रेसका नेताकार्यकता, क्षेत्रीय कार्यसमिति , महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, पालिका तथा वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, जनप्रतिनिधि, क्रियाशिल सदस्य,भातृ तथा सवेच्छुक संघसंगठन लगायत सबैलाई आर्थिक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । सहयोग गर्न चाहनेहरुले अभियन्ता बिक्रम डाँगीको मोबाइल नम्बर ९८६९५९६५३० मा सम्पर्क गरि सहयोग गर्न सकिने छ ।सहयोग रकम १३ औं दिनको शुद्ध शान्तिका दिन मृतकका परिवारलाई रकम हस्तान्तरण गरिने उहाँले बताउनुभयो।

Facebook Comments